शेरधन राईमाथि यसरी बम प्रहार भयो, नयाँं जीवन पाएको प्रतिक्रिया
काठमाडौं, २८ कात्तिक । पूर्वसूचना तथा सञ्चारमन्त्री तथा नेकपा एमाले नेता शेरधन राई चढेको गाडिमा बम प्रहार भयो । मंगलबार बिहानको दश बज्दै गर्दा एका/एक राई चढेको गाडिमाथि बम प्रहार भयो । भोजपुर प्रदेशसभाका उम्मेद्वार रहेका राईलाई लक्षित गरी बम आक्रमण भयो । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् ।
ट्याम्के मैयुमा आयोजना गरेको चुनावी सभामा सहभागि हुनका लागि त्यसतर्फ जाँंदै थिए । राई चढेको गाडिमा एक प्रहरी सहायक निरीक्षकसहित नौ जना सवार थिए । ट्यम्केमैयु गाविसको वडा नम्बर ६ मा जाँदै गर्दा अचानक अगाडि तर्फ ठुलो बिष्फोट भयो । गाडिको सिसा पनि फुट्यो ।
राईको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक डिल्लि देवकोटा घाइते भए । बिष्फोट लगतै सुरक्षामा खटिएका असईले हवाई फायर गरेका थिए । घटनापछि राईले भने, ‘अलि माथिबाट पाँंचजना मान्छे भागेका देख्यौ। त्यसपछि हामीले गाडिलाई अलि पछाडि फर्कायौ। म माथि लक्षित गरी किन यसरी आक्रमण भयो म आफै आश्चर्यमा परेको छु ।’
आफ्ना जित लगभग पक्का भईरहेको अवस्थामा आक्रमण भएको उनको प्रतिक्रिया छ । उनले भने, ‘मेरो जित लगभग पक्का जस्तै छ । जीतपछि प्रदेश १ को मुख्य मन्त्री बन्ने कुरा पनि पक्का जस्तै छ। यस्तो अबस्थामा मलाई मुख्यमन्त्रीबाट रोक्न सकिन्छ भनेर पनि यो आक्रमण भएको हो। यो घटनाको जति निन्दा गरेपनि पुग्दैन । तर हामी नौ जनाले झण्डै मृत्युवरण गर्नुपरेको थियो । अहिले नयाँं जीवन पाएको महसुस गरेको छु ।’
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












