संखुवासभामा एमाले नेता राजेन्द्र गौतमसहितका उम्मेदवार चढेको गाडी एम्बुसमा पर्यो
संखुवासभा, २८ कात्तिक । उम्मेदवार लक्षित गर्दै बम आतंक मच्चाउने क्रम बढेको छ । मंगलबार बिहानै पूर्वमन्त्री तथा एमाले पोलिटव्यूरो सदस्य शेरधन राई चढेको गाडिमा बम प्रहार गर्दा उनका अंग रक्षक घाइते भएका छन् । त्यस्तै संखुवासभामा पनि वाम गठबन्धनका उम्मेदवार चढेको गाडी एम्बुसमा परेको छ । बामगठबन्धनका ४ जना उम्मेदवार चढेको गाडी एम्बुसमा परेको हो । मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो ।
एम्बुस बिष्फोटका कारण गाडीमा सामान्य क्षति पुगेको संखुवासभा सम्पर्क मञ्चका अध्यक्ष कमल काफ्लेले जानकारी दिए । गाडीमा एमाले नेता तथा प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र गौतम, प्रदेशसभा तर्फ क बाट उम्मेदवार बनेका पुर्व सभासद् पुर्ण प्रसाद राई, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ लगायतका नेताहरु सवार थिए ।
बाह्रबिसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बिहानै त्यसतर्फ हिडेका थिए । उक्त बिष्फोटपछि त्यहाँ केही समय हेलिकोप्टरले गस्ती समेत गरेको छ । बिष्फोट कसले र किन गराएको हो भन्ने बारे केहि जानकारी नभएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












