के देउवा र प्रचण्ड ‘डेन्जर जोन’ मा परेकै हुन् ? छ पूर्व प्रधानमन्त्रीको रोचक प्रतिस्पर्धा
काठमाडौं, २८ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिदैं गर्दा चुनावी माहोल तात्दै गएको छ । संघीय गणतन्त्रपछि पहिलो पटक हुन लागेको निर्वाचनमा राजनीतिक दलका शीर्ष नेतादेखि स्थानीय स्तरका नेतासम्म चुनावमा होमिएका छन् । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित छ जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा छन् ।
निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन्, भने केहीले नयाँ क्षेत्र राजेका छन् । यसअघिका चुनावी परिणाम र हालैको स्थानीय निर्वाचनको मत परिणामले पूर्वप्रधानमन्त्रीहरूको ‘सेफ’ र ‘डेन्जर जोन’ भने मिश्रित छ ।
चार पटक प्रधानमन्त्री भएका देउवा नै डेन्जर जोनमाः
प्रधानमन्त्री देउवा आफ्नो नियमित निर्वाचन क्षेत्र डडेल्धुराबाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् । देउवासँग वाम गठबन्धनका तर्फबाट (माओवादी केन्द्र) का उम्मेदवार खगराज भट्ट तेस्रोपटक चुनावी मैदानमा होमिएका छन् । भट्ट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा देउवासँग पराजित भएका थिए ।
दोस्रो संविधानसभा २०७० को मतान्तर ११ हजारभन्दा बढी थियो । तर, हालैको स्थानीय निर्वाचनको नतिजाअनुसार देउवा भने डेन्जर जोनमा परेका छन् । यसपटक वाम गठबन्धन एकै ठाउँमा रहेका कारण प्रधानमन्त्री देउवाका लागि चुनावी परिणाम यसअघिको जस्तो सहज नदेखिएको हो ।
अङ्क गणितका हिसाबले स्थानीय निर्वाचनमा वाम दल काँग्रेसभन्दा आठ हजार मतले अघि छन् । अहिलेसम्मका पाँचवटा संसदीय निर्वाचनमा अविजित देउवा अङ्क गणितमा यो पटक ‘डेन्जर जोन’मा छन् । भट्टलाई दुई पटकको हारपछि जित हासिल गर्ने अवसर पनि छ ।
केपी ओलीको अवस्था कस्तो छ ?
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०६४ को संविधानसभा सदस्य निर्वाचनमा झापा–७ बाट तत्कालीन एमाओवादीका युवा नेता विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । २०७० को निर्वाचनमा भने ओली विजयी भएका थिए । तुलनात्मक रूपमा ओली सुरक्षित निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन् । ओलीका मुख्य प्रतिस्पर्धीमा काँग्रेसका डा. खगेन्द्र अधिकारी छन् । शिक्षण पेसामा संलग्न अधिकारी उम्मेदवार बन्न त्रिभुवन विश्वविद्यालयको जागिर छाडेर झापा पुगेका हुन् । झापा–५ बाट प्रतिनिधिसभामा ओलीसहित १४ प्रतिस्पर्धी छन् ।
के माधवकुमार नेपाललाई काठमाडौं २ का जनताले पत्याउँलान् ?
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौँ–२ बाट प्रतिस्पर्धामा छन् । नेता नेपालको मुख्य प्रतिस्पर्धी काँग्रेसका दीपक कुइँकेल हुन् । दोस्रो संविधानसभा उपनिर्वाचनमा पाँच हजारभन्दा बढी मतले कुइँकेल यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
पहिलो संविधानसभा २०६४ मा दुई क्षेत्रबाट अनपेक्षित हार बेहोरका नेता नेपाल २०७० को निर्वाचनमा रौतहट–१ र काठमाडौँ–२ बाट निर्वाचित भएका थिए । स्थानीय तहको अङ्क गणित र २०७० मा आठ हजारभन्दा बढीको मतान्तर नेपालको पक्षमा भए पनि निर्वाचित क्षेत्र छोड्नुले नेपालमाथि मतदाताले प्रश्न उठाएका छन् । काठमाडौँ–२ मा प्रतिनिधिसभाका लागि २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
झलनाथ खनाल पुरानै क्षेत्रबाटः
पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा इलाम–१ बाट निर्वाचित भएका थिए । यो पटक पनि खनाल त्यही क्षेत्रबाट प्रतिस्पर्धामा छन् । खनालका मुख्य प्रतिस्पर्धी काँग्रेसका भूपेन्द्र कट्टेल छन् । लगातार दुईपटक सोही क्षेत्रबाट निर्वाचित खनाल ह्याट्रिकको दौडमा छन् भने कट्टेल पहिलो जितको दौडमा रहेका छन् । यसअघिको मतपरिणाम र स्थानीय तहको नतिजा भने खनालको पक्षमा छ । प्रतिनिधिसभामा त्यस क्षेत्रबाट आठ जना प्रतिस्पर्धी छन् ।
प्रचण्ड जन्मथलोबाट पहिलो पटक उम्मेदवारः
जन्मथलो चितवनमा पहिलोपटक उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामु कडा चुनौती छ । काँग्रेसको बलियो क्षेत्र मानिएको चितवन–३ मा काँग्रेसकै समर्थनमा उम्मेदवार बनेका राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डे प्रचण्डका लागि चुनौती देखिएका छन् ।
सशस्त्र सङ्घर्षपछिको पहिलो संविधानसभा सदस्य निर्वाचनमा प्रचण्ड रोल्पा–१ र काठमाडौँ–१० बाट निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा रोल्पा छोडेका प्रचण्डलाई काठमाडौँका मतदाताले अस्वीकार गरे पनि सिरहा–५ का मतदाताबाट विजयी हुँदै संविधानसभामा प्रवेश पाएका थिए । यो पटक प्रचण्ड पुरानो निर्वाचित क्षेत्र सिरहा पनि छोडेर जन्मथलो चितवन पुगेका छन् । एमालेको सहयोगमा उम्मेदवार बनेका प्रचण्डलाई लोकतान्त्रिक गठबन्धनको चुनौती कमजोर नहुँदा ‘डेन्जर जोन’का रूपमा हेरिएको छ ।
सर्वाधिक मत पाएका बाबुरामको अवस्था कस्तो ?
शान्तिपूर्ण राजनीतिमा रूपान्तरण भएपछि पहिलोपटक गोरखा–२ का मतदाताले डा. बाबुराम भट्टराईलाई दुई तिहाइ मत दिएका थिए । गोरखाली जनताको मतमा भट्टराई अर्थमन्त्री हुँदै प्रधानमन्त्री बनेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भट्टराईले दुई क्षेत्र रोजेका थिए । रूपन्देही–४ का मतदाताले पराजित गर्दा भट्टराई गोरखाबाट पुनः बहुमत मतका साथ विजयी भएका थिए ।
संविधान जारीपछि भट्टराईले राजनीतिक दिशा परिवर्तन गर्दैै संसद्बाट पनि बाहिर आएपछि नयाँ दल गठन गरे । अहिले नयाँ शक्ति पार्टीका नामबाट पुनः गोर्खाली जनताको घरदैलोमा छन् । भट्टराईको प्रतिस्पर्धीमा उनकै मूल पार्टीका नेता नारायणकाजी श्रेष्ठ छन् । भट्टराईका लागि श्रेष्ठ कडा चुनौतीका रुपमा देखिएका छन् । एमालेको सहयोगमा उम्मेदवार बनेका श्रेष्ठ पछिल्लो अङ्क गणितमा केही अघि देखिएका छन् । भट्टराईलाई काँग्रेसको बलियो साथ छ । पहिलो चरणमा निर्वाचन हुने ३७ क्षेत्रमध्ये अत्यन्तै रोचक निर्वाचन क्षेत्रका रूपमा गोरखा–२ लाई हेरिएको छ ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...












