के देउवा र प्रचण्ड ‘डेन्जर जोन’ मा परेकै हुन् ? छ पूर्व प्रधानमन्त्रीको रोचक प्रतिस्पर्धा
काठमाडौं, २८ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिदैं गर्दा चुनावी माहोल तात्दै गएको छ । संघीय गणतन्त्रपछि पहिलो पटक हुन लागेको निर्वाचनमा राजनीतिक दलका शीर्ष नेतादेखि स्थानीय स्तरका नेतासम्म चुनावमा होमिएका छन् । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित छ जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा छन् ।
निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन्, भने केहीले नयाँ क्षेत्र राजेका छन् । यसअघिका चुनावी परिणाम र हालैको स्थानीय निर्वाचनको मत परिणामले पूर्वप्रधानमन्त्रीहरूको ‘सेफ’ र ‘डेन्जर जोन’ भने मिश्रित छ ।
चार पटक प्रधानमन्त्री भएका देउवा नै डेन्जर जोनमाः
प्रधानमन्त्री देउवा आफ्नो नियमित निर्वाचन क्षेत्र डडेल्धुराबाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् । देउवासँग वाम गठबन्धनका तर्फबाट (माओवादी केन्द्र) का उम्मेदवार खगराज भट्ट तेस्रोपटक चुनावी मैदानमा होमिएका छन् । भट्ट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा देउवासँग पराजित भएका थिए ।
दोस्रो संविधानसभा २०७० को मतान्तर ११ हजारभन्दा बढी थियो । तर, हालैको स्थानीय निर्वाचनको नतिजाअनुसार देउवा भने डेन्जर जोनमा परेका छन् । यसपटक वाम गठबन्धन एकै ठाउँमा रहेका कारण प्रधानमन्त्री देउवाका लागि चुनावी परिणाम यसअघिको जस्तो सहज नदेखिएको हो ।
अङ्क गणितका हिसाबले स्थानीय निर्वाचनमा वाम दल काँग्रेसभन्दा आठ हजार मतले अघि छन् । अहिलेसम्मका पाँचवटा संसदीय निर्वाचनमा अविजित देउवा अङ्क गणितमा यो पटक ‘डेन्जर जोन’मा छन् । भट्टलाई दुई पटकको हारपछि जित हासिल गर्ने अवसर पनि छ ।
केपी ओलीको अवस्था कस्तो छ ?
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०६४ को संविधानसभा सदस्य निर्वाचनमा झापा–७ बाट तत्कालीन एमाओवादीका युवा नेता विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । २०७० को निर्वाचनमा भने ओली विजयी भएका थिए । तुलनात्मक रूपमा ओली सुरक्षित निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन् । ओलीका मुख्य प्रतिस्पर्धीमा काँग्रेसका डा. खगेन्द्र अधिकारी छन् । शिक्षण पेसामा संलग्न अधिकारी उम्मेदवार बन्न त्रिभुवन विश्वविद्यालयको जागिर छाडेर झापा पुगेका हुन् । झापा–५ बाट प्रतिनिधिसभामा ओलीसहित १४ प्रतिस्पर्धी छन् ।
के माधवकुमार नेपाललाई काठमाडौं २ का जनताले पत्याउँलान् ?
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौँ–२ बाट प्रतिस्पर्धामा छन् । नेता नेपालको मुख्य प्रतिस्पर्धी काँग्रेसका दीपक कुइँकेल हुन् । दोस्रो संविधानसभा उपनिर्वाचनमा पाँच हजारभन्दा बढी मतले कुइँकेल यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
पहिलो संविधानसभा २०६४ मा दुई क्षेत्रबाट अनपेक्षित हार बेहोरका नेता नेपाल २०७० को निर्वाचनमा रौतहट–१ र काठमाडौँ–२ बाट निर्वाचित भएका थिए । स्थानीय तहको अङ्क गणित र २०७० मा आठ हजारभन्दा बढीको मतान्तर नेपालको पक्षमा भए पनि निर्वाचित क्षेत्र छोड्नुले नेपालमाथि मतदाताले प्रश्न उठाएका छन् । काठमाडौँ–२ मा प्रतिनिधिसभाका लागि २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
झलनाथ खनाल पुरानै क्षेत्रबाटः
पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा इलाम–१ बाट निर्वाचित भएका थिए । यो पटक पनि खनाल त्यही क्षेत्रबाट प्रतिस्पर्धामा छन् । खनालका मुख्य प्रतिस्पर्धी काँग्रेसका भूपेन्द्र कट्टेल छन् । लगातार दुईपटक सोही क्षेत्रबाट निर्वाचित खनाल ह्याट्रिकको दौडमा छन् भने कट्टेल पहिलो जितको दौडमा रहेका छन् । यसअघिको मतपरिणाम र स्थानीय तहको नतिजा भने खनालको पक्षमा छ । प्रतिनिधिसभामा त्यस क्षेत्रबाट आठ जना प्रतिस्पर्धी छन् ।
प्रचण्ड जन्मथलोबाट पहिलो पटक उम्मेदवारः
जन्मथलो चितवनमा पहिलोपटक उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामु कडा चुनौती छ । काँग्रेसको बलियो क्षेत्र मानिएको चितवन–३ मा काँग्रेसकै समर्थनमा उम्मेदवार बनेका राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डे प्रचण्डका लागि चुनौती देखिएका छन् ।
सशस्त्र सङ्घर्षपछिको पहिलो संविधानसभा सदस्य निर्वाचनमा प्रचण्ड रोल्पा–१ र काठमाडौँ–१० बाट निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा रोल्पा छोडेका प्रचण्डलाई काठमाडौँका मतदाताले अस्वीकार गरे पनि सिरहा–५ का मतदाताबाट विजयी हुँदै संविधानसभामा प्रवेश पाएका थिए । यो पटक प्रचण्ड पुरानो निर्वाचित क्षेत्र सिरहा पनि छोडेर जन्मथलो चितवन पुगेका छन् । एमालेको सहयोगमा उम्मेदवार बनेका प्रचण्डलाई लोकतान्त्रिक गठबन्धनको चुनौती कमजोर नहुँदा ‘डेन्जर जोन’का रूपमा हेरिएको छ ।
सर्वाधिक मत पाएका बाबुरामको अवस्था कस्तो ?
शान्तिपूर्ण राजनीतिमा रूपान्तरण भएपछि पहिलोपटक गोरखा–२ का मतदाताले डा. बाबुराम भट्टराईलाई दुई तिहाइ मत दिएका थिए । गोरखाली जनताको मतमा भट्टराई अर्थमन्त्री हुँदै प्रधानमन्त्री बनेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भट्टराईले दुई क्षेत्र रोजेका थिए । रूपन्देही–४ का मतदाताले पराजित गर्दा भट्टराई गोरखाबाट पुनः बहुमत मतका साथ विजयी भएका थिए ।
संविधान जारीपछि भट्टराईले राजनीतिक दिशा परिवर्तन गर्दैै संसद्बाट पनि बाहिर आएपछि नयाँ दल गठन गरे । अहिले नयाँ शक्ति पार्टीका नामबाट पुनः गोर्खाली जनताको घरदैलोमा छन् । भट्टराईको प्रतिस्पर्धीमा उनकै मूल पार्टीका नेता नारायणकाजी श्रेष्ठ छन् । भट्टराईका लागि श्रेष्ठ कडा चुनौतीका रुपमा देखिएका छन् । एमालेको सहयोगमा उम्मेदवार बनेका श्रेष्ठ पछिल्लो अङ्क गणितमा केही अघि देखिएका छन् । भट्टराईलाई काँग्रेसको बलियो साथ छ । पहिलो चरणमा निर्वाचन हुने ३७ क्षेत्रमध्ये अत्यन्तै रोचक निर्वाचन क्षेत्रका रूपमा गोरखा–२ लाई हेरिएको छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











