उम्मेदवारमाथि गोली हान्नेलाई खोजी खोजी कारबाही गर्छुः देउवा
काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका बेला उम्मेदवारमाथि भइरहेका आक्रमणका दोषीमाथि कडा कारवाही गरिने बताएका छन् । ठाउँठाउँमा भइरहेका आक्रमण तथा चुनाव विथोल्ने क्रियाकलापलाई सरकार तथा गृहमन्त्रालयले समेत गम्भीर रुपमा हेरिरहेको भन्दै उनले ती घटनामा संलग्नलाई कारबाही हुने बताए ।
पश्चिमका जिल्लामा चुनावी कार्यक्रममा भाग लिन निस्किएका प्रधानमन्त्री देउवाले नेपालगन्ज विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उम्मेदवारमाथि गोली हान्नेलाई खोजीखोजी कारबाही गर्ने बताए । ‘छिटफुट घटनाहरु भइरहेका छन् तर, सरकारले चुनाव सुरक्षित र भयरहित बनाउनका लागि लागिपरेको छ’ देउवाले भने ‘त्यस्ता घटनामा संलग्नलाई कारबाहीका लागि गृहमन्त्रालय अनि सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।’
नेपालगन्जमा मंगलबार भएका मध्यपश्चिम सुरक्षा गोष्ठीलाई समेत उनले सम्बोधन गरेका छन् । त्यसक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्याल पनि सहभागी थिए । कार्यक्रम सबै सुरक्षा अंगका प्रमुखलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा गृहमन्त्री देउवाले निर्वाचनलाई भयरहित र सुरक्षित बनाउन निर्देशन दिए ।
‘चुनाव नजिकिइरहेको छ, चुनाव विरोधी अवाञ्छित गतिविधिहरु पनि भइरहेका छन्, त्यस्ता क्रियाकलापलाई तुरन्त रोक्नुहोस् र कारबाही गर्नुहोस्’ प्रधानमन्त्री देउवाले भने ‘सरकार यो चुनाव भयरहित, शान्त र सुरक्षित चाहन्छ, त्यहीअनुरुप तपाईँहरु पनि मतदाता, उम्मेदवार र चुनावी सुरक्षामा खटिनुहोस् ।’
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...












