उम्मेदवारमाथि गोली हान्नेलाई खोजी खोजी कारबाही गर्छुः देउवा
काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका बेला उम्मेदवारमाथि भइरहेका आक्रमणका दोषीमाथि कडा कारवाही गरिने बताएका छन् । ठाउँठाउँमा भइरहेका आक्रमण तथा चुनाव विथोल्ने क्रियाकलापलाई सरकार तथा गृहमन्त्रालयले समेत गम्भीर रुपमा हेरिरहेको भन्दै उनले ती घटनामा संलग्नलाई कारबाही हुने बताए ।
पश्चिमका जिल्लामा चुनावी कार्यक्रममा भाग लिन निस्किएका प्रधानमन्त्री देउवाले नेपालगन्ज विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उम्मेदवारमाथि गोली हान्नेलाई खोजीखोजी कारबाही गर्ने बताए । ‘छिटफुट घटनाहरु भइरहेका छन् तर, सरकारले चुनाव सुरक्षित र भयरहित बनाउनका लागि लागिपरेको छ’ देउवाले भने ‘त्यस्ता घटनामा संलग्नलाई कारबाहीका लागि गृहमन्त्रालय अनि सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।’
नेपालगन्जमा मंगलबार भएका मध्यपश्चिम सुरक्षा गोष्ठीलाई समेत उनले सम्बोधन गरेका छन् । त्यसक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्याल पनि सहभागी थिए । कार्यक्रम सबै सुरक्षा अंगका प्रमुखलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा गृहमन्त्री देउवाले निर्वाचनलाई भयरहित र सुरक्षित बनाउन निर्देशन दिए ।
‘चुनाव नजिकिइरहेको छ, चुनाव विरोधी अवाञ्छित गतिविधिहरु पनि भइरहेका छन्, त्यस्ता क्रियाकलापलाई तुरन्त रोक्नुहोस् र कारबाही गर्नुहोस्’ प्रधानमन्त्री देउवाले भने ‘सरकार यो चुनाव भयरहित, शान्त र सुरक्षित चाहन्छ, त्यहीअनुरुप तपाईँहरु पनि मतदाता, उम्मेदवार र चुनावी सुरक्षामा खटिनुहोस् ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











