जिम्बाबेका सरकारी टेलिभिजन र रेडियो सेनाको नियन्त्रणमा
एजेन्सी, २९ कात्तिक । जिम्बाबेमा गहिरिदों राजनीतिक संकटका बीच सेनाले देशको सरकारी टेलिभिजन च्यानल र रेडियो स्टेशन नियन्त्रणमा लिएको छ । राजधानी हरारेका केही क्षेत्रमा बम विस्फोट भएको आवाज सुनिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विस्फोट कसले र किन गराएको हो भन्ने प्रष्ट हुन सकेको छैन ।
दक्षिण अफ्रिकाका लागि जिम्बाबेका राजदूत इसाक मोयोले देशमा सत्ता परिवर्तनको खबरलाई अस्वीकार गरेका छन् । तर जिम्बाबेको सत्तारुढ दलले सेना प्रमुखलाई ‘विश्वासघाती’ संज्ञा दिएको छ । उपराष्ट्रपतिलाई त्यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले बर्खास्त गरेपछि राजनीतिक संकट गहिरिएको हो ।
केही दिनअघि त्यहाँका सेना प्रमुखले सैन्य हस्तक्षेपको चेतावनी दिएका थिए । सेना प्रमुख कोन्सटंटिनो चिवेङ्गाले देशका उपराष्ट्रपतिलाई राष्ट्रपतिले बर्खास्त गरेपछि चुनौती दिएका थिए । चिवेङ्गाले मुगावेको पार्टीमा जारी शक्ति संघर्षलाई अन्त्य गर्न सेनाले कारवाही गर्ने चेतावनी दिएका थिए ।
सेना प्रमुखको यस्तो टिप्पणीलाई सत्तारुढ दलले भने निन्दा गरेको थियो । सेना प्रमुखको टिप्पणीले राष्ट्रिय शान्तिलाई अस्थिर तुल्याउने सत्तारुढ दलको ठहर थियो । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार हरारेका केही स्थानमा सेनाको गाडीहरु देखिएका छन् । ती गाडी कता गइरहेका हुन् भन्ने प्रष्ट हुन सकेको छैन ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












