इरान भूकम्पमा मर्नेको संख्या ४४५ पुग्यो, राष्ट्रपतिद्वारा क्षतिग्रस्त क्षेत्रको निरीक्षण
इरान, २९ कात्तिक । आइतबार गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म ४४५ जनाको ज्यान गएको छ । इरान र इराकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ७.३ म्याग्निच्युडको भूकम्पका कारण घाइते हुने इरानीको सङ्ख्या सात हजारभन्दा बढी रहेको इरान सरकारले जनाएको छ । भूकम्पका कारण दर्जनौ ग्रामिण बस्तीहरूमा रहेका भौतिक संरचनामा नराम्रोसँग क्षति पुगेको छ ।
यसैबीच इरानका राष्ट्रपति हसन रौहानीले भूकम्प प्रभावित क्षेत्र कर्मशाह प्रान्तको भ्रमण गरी भूकम्पका कारण क्षत विक्षत बनेका वस्तीहरूको अवलोकन गरेका छन् ।
राष्ट्रपति रौहानीले भूकम्पबाट ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै विपतको यो वेला अविचलित बन्दै उद्धारका काममा सहयोग पुर्याउन स्थानीय जनता, सुरक्षाकर्मी लगायतका उद्धार टोलीलाई आग्रहसमेत गरे ।
उद्धारमा इरानी सेना, इश्लामिक रिभोलुसन गार्ड कप्स, स्वयम्सेवक बासिज बल, रेड क्रिसेन्ट र इश्लामिक रिभोलुसन हाउजिङ् फाउन्डेसन लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाले भूकम्पबाट प्रभावित सवैलाई उपचार, औषधि, बास तथा खाद्यान्न लगायतका अतिआवश्यकीय सामग्रीमार्फत सहयोग पुर्याएका छन् । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












