इरान भूकम्पमा मर्नेको संख्या ४४५ पुग्यो, राष्ट्रपतिद्वारा क्षतिग्रस्त क्षेत्रको निरीक्षण
इरान, २९ कात्तिक । आइतबार गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म ४४५ जनाको ज्यान गएको छ । इरान र इराकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ७.३ म्याग्निच्युडको भूकम्पका कारण घाइते हुने इरानीको सङ्ख्या सात हजारभन्दा बढी रहेको इरान सरकारले जनाएको छ । भूकम्पका कारण दर्जनौ ग्रामिण बस्तीहरूमा रहेका भौतिक संरचनामा नराम्रोसँग क्षति पुगेको छ ।
यसैबीच इरानका राष्ट्रपति हसन रौहानीले भूकम्प प्रभावित क्षेत्र कर्मशाह प्रान्तको भ्रमण गरी भूकम्पका कारण क्षत विक्षत बनेका वस्तीहरूको अवलोकन गरेका छन् ।
राष्ट्रपति रौहानीले भूकम्पबाट ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै विपतको यो वेला अविचलित बन्दै उद्धारका काममा सहयोग पुर्याउन स्थानीय जनता, सुरक्षाकर्मी लगायतका उद्धार टोलीलाई आग्रहसमेत गरे ।
उद्धारमा इरानी सेना, इश्लामिक रिभोलुसन गार्ड कप्स, स्वयम्सेवक बासिज बल, रेड क्रिसेन्ट र इश्लामिक रिभोलुसन हाउजिङ् फाउन्डेसन लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाले भूकम्पबाट प्रभावित सवैलाई उपचार, औषधि, बास तथा खाद्यान्न लगायतका अतिआवश्यकीय सामग्रीमार्फत सहयोग पुर्याएका छन् । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












