मलामी बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु, दर्जनौ घाईते, पूरै गाउँ शोकमा डुब्यो
गुल्मी, ३० कात्तिक । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना भएको छ । गए राती अर्खर्लेमा साढे १० बजेतर मलामी गएर फर्किर्दै गर्दा जीप दुर्घटना भएको हो । छल्दी पनाह घाटमा एक जना स्थानीयको अन्त्यष्टि गरेर फर्किदै गरेको लु १ ज १५२१ नम्वरको जीप अर्खलेकै चौडिला भन्ने स्थानमा दुर्घटना हुँदा कपिलवस्तु जिल्ला वाडगंङ्गा ८ निवासी ५५ वर्षिय रुद्रबहादुर ढेंगा मगरको ज्यान गएको छ ।
अघिल्लो दिन अर्खले मै भाडगाउँमा सडकमा चलेको डोजरले पल्टाएको ढुङ्गाले किचेर मृत्यु भएका रामबहादुर दर्लामीको शव अन्त्यष्टि गरेर फर्किर्दै गर्दा उक्त स्थानको सडकबाट करिव ५० मिटर तल जिप खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
जिल्ला अस्पतालबाट रिफर गरी थप उपचारका लागि पाल्पा लैजादै गर्दा ढेगा मगरको बाटोमै ज्यान गएको हो । अघिल्लो दिन मृत्यु भएका दर्लामीको ढेगा मगर आफन्त थिए । जिपमा १५ जना सवार थिए । ५ जना गम्भीर घाइतेको पाल्पामा उपचार भईरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । लगातार पहिलो र दोश्रो दिन आफन्त गुमाएका अर्खलेवासी आफन्त वियोगको चोटमाथि चोटमा परेर भावविह्ल बनेका छन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











