अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासीमा नेपाली पहिलो
काठमाडौं, ३० कात्तिक । अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासीमा नेपाली पहिलो स्थानमा देखिएका छन् । विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने तथा रोजगारी पाउने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस्थानमा रहेको एक तथ्यांकले देखाएको छ ।
नेपाली मुलका बासिन्दाको बेरोजगारी दर २० दशमलव आठ प्रतिशत छ । ‘पाँच नेपाली युवामध्ये चारले काम पाउने गरेको देखिएको छ,’ अस्ट्रेलियाको तथ्यांक विभागले सन् २०१६ को जनगणनाको आँकडा सार्वजनिक गर्दै उल्लेख गरेको छ ।
हालै सार्वजनिक भएको उक्त आँकडाअनुसार ७९ दशमलव दुई प्रतिशत नेपाली मुलका युवाले अस्ट्रेलियामा काम पाइरहेका छन् । १५ वर्ष उमेर समूहदेखि माथिका मानिसबाट रोजगारीसम्बन्धि तथ्यांक संकलन गरिएको हो ।
नेपालीपछि कामप्राप्तिका आधारमा जिम्बाबे, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलका मानिस छन् । उनीहरुको रोजगारीको दर क्रमशः ७६ दशमलव चार, ७३ दशमलव पाँच र ७१ दशमलव आठ प्रतिशत छ । अस्ट्रेलियामै जन्मेका नागरिकको तुलनामा विदेशी मुलका मानिसको रोजगारीको दर हाराहारीमा आइसकेको छ ।
‘अस्ट्रेलियामा जन्मेका १० मध्ये ६ जनाले रोजगारी पाइरहेको देखिन्छ,’ विभागको प्रतिवेदनमा उल्लेख छ । अस्ट्रेलियामै जन्मेकाहरुमा रोजगारीको दर ६२ प्रतिशत छ भने विदेशी मुलको रोजगारी दर ५६ प्रतिशत छ ।
अस्ट्रेलियामा स्थायी बसोबासको सुविधा पाउने गरी लगभग आधा लाख नेपाली मुलका मानिस छन् । विभागका अनुसार विदेशी मुलका मानिसमध्ये प्रमुख ५० राष्ट्रमा नेपाली मुलका मानिसको वृद्धिदर सबैभन्दा उच्च छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












