सबैभन्दा बढी कर तिर्नेमा सुर्य नेपाल पहिलो, व्यक्तिगततर्फ सिद्धार्थ शम्शेर जबरा
काठमाडौं, १ मंसिर । सबैभन्दा बढी कर तिर्नेमा सुर्य नेपाल पहिलो स्थानमा आएको छ । आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी कर तिर्ने सुर्य नेपाललाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ । विभागले छैठौं राष्ट्रिय कर दिबसको अवसरमा विभिन्न १५ वटा बिधा अन्तरगत बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ ।
जसमा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर सिद्धार्थ शम्शेर जबरा परेका छन् । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष राणाले गत आर्थिक वर्षमा व्यक्तिगत तर्फ सबैभन्दा कर तिरेका हुन् । सुर्य नेपालले यस अघि पनि सबैभन्दा बढी कर तिरेको थियो । कर दिवसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मुख्य सचिव लोकदर्शन रेग्मीले सुर्य नेपालका कर्पोरेट उपाध्यक्ष रबि केसीलाई खादा र कदरपत्र दिएर सम्मान गरेका हुन् । यसैगरी राणाले अघिल्लो बर्ष पनि सबैभन्दा बढी कर तिर्ने करदाता घोषित भएका थिए ।
यसैगरी सबैभन्दा बढी मुल्य अभिबृद्धि कर (भ्याट) तिर्नेमा पवनकुमार इन्टरनेशनल रहेको छ । सो कम्पनीले गत आर्थिक वर्षमा सबैभन्दा बढी भ्याट तिरेको हो । २०७३/७४ मा निर्यातकर्तातर्फ बढी आयकर तिर्नेको पहिलो सुचिमा भर्सेन टेक्नोलोजी रहेको छ भने विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा हिमाल पावर रहेको छ ।
बीमा व्यवसायतर्फ बढी आयकर तिर्नेमा नेपाल पुर्नबीमा कम्पनी रहेको छ सबैभन्दा धेरै कर तिर्ने बैंक तथा वित्तीय संस्थामा हिमालय बैंक परेको छ । त्यसैगरी, कृषि एवं पशुपन्छिजन्य उद्योगबाट राष्ट्रिय विउ कम्पनी, सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक, व्यापार व्यवसायबाट सिप्रदी ट्रेडिङ परेका छ ।
यस्तै स्वास्थ्य तथा शिक्षातर्फ त्रियोग स्कुलले सबैभन्दा बढी आयकर तिरेको छ भने सुचना तथा प्रविधिमा वल्र्ड लिंक, पर्यटन व्यवसायमा टाइगर टप्स प्रालि रहेको छ । साना करदातामा (५ करोड रुपैयाँसम्म) डा. उपेन्द्र देवकोटाले सबैभन्दा बढी आयकर तिरेका छन् भने भने मझौला करदाता (वार्षिक ५ करोडदेखि ४० करोड रुपैयाँसम्म कारोबार भएका) मध्ये सबैभन्दा बढी आयकर तिर्नेमा गोर्खा डेभलपमेन्ट बैंक परेको छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












