ओलीले भावुक हुँदै भने, ‘अरूले दिएको किड्नी बोकेको ११ वर्ष भइसक्यो, मैले भ्रष्टाचार गर्नु छैन्’
झापा, ४ मंसिर । माओवादी नेता राम कार्की उम्मेदवार भएका झापा क्षेत्र नम्बर १ को काँकडभिट्टामा वाम गठबन्धनले गरेको सभालाई एमाले अध्यक्ष केपी ओली र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले सम्बोधन गरेका छन् । प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम भए तापनि छोरा प्रकाश दाहालको निधनपछि उनी काठमाडौं फर्किए ।
ओलीले एमाले र माओवादीको एकीकरणले विकासको लहर ल्याउने बताए । आफू बन्न नभई देश बनाउनका लागि जोखिमपूर्ण यात्रा गरिरहेको ओलीको भनाइ छ । ‘अरूले दिएको किड्नी बोकेर हिँडेको ११ वर्ष भइसक्यो, ग्यारेज लगेर पार्टपुर्जा फेरफार गरेको हो,’ उनले भने, ‘मैले भ्रष्टाचार, बेइमानी गर्नु छैन, देश बनाउनुछ ।’ आफ्नो पेट चारपटक चिरिसकेको भन्दै ओलीले हाल स्वास्थ्यमा कुनै समस्या नरहेको बताए ।
निर्वाचनपछि कम्युनिस्ट सरकार बनेरै छाड्ने ओलीले दाबी गरे । कम्युनिस्ट सरकार बन्ने देखेर कांग्रेस डराइसकेको उनले बताए । ओलीले भने, ‘गठबन्धनका सबै उम्मेदवारलाई जिताइदिनुस्, उहाँहरू सबैको जिम्मा म लिन्छु ।’ ओलीले सुरेन्द्र कार्की एमालेको उम्मेदवार भएको बताए । क्षेत्र नम्बर १ मा कार्कीलाई मतदाताले जसरी पनि विजयी गराउने ओलीले विश्वास व्यक्त गरे ।
झापाका लागि ओलीका योजना
वाम गठबन्धनले जितेपछि झापामा हात्तीको प्रकोपको अन्त्य गर्ने ओलीले घोषणा गरे । सिँचाइका प्रबन्ध मिलाउनेदेखि किसानका हितमा विभिन्न काम गर्ने योजना उनले सुनाए । झापाका लागि कृषि नै प्रमुख पेसा भएको भन्दै ओलीले किसानका हितमा काम गर्ने बताए ।
‘यहाँका समस्या मैले राम्ररी बुझेको छु,’ उनले भने, ‘सडक ६ लेनको बनाउन अमेरिकासँग पाँच सय अर्बको सम्झौता गरिसकेको छु, पूर्व–पश्चिम रेल पनि यहीँबाट सुरु हुन्छ ।’ थप जमिन लिएर चन्द्रगढी विमानस्थल विस्तार गरिने ओलीले बताए । चारआली–केचना सडक चौडा पार्ने योजना सुनाएका ओलीले बाहुनडाँगीदेखि चुरे क्षेत्रबाटै धरान पुग्ने मार्ग बनाइने बताए ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












