जब प्रचण्डले झापामा छोरा प्रकाशको मृत्युको खबर सुने…
काठमाडौं, ५ मंसिर । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै झापा पुगेका थिए । पूर्वका चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँगै झापा गएका थिए । शनिबारका लागि तय भएको कार्यक्रम सकेपछि प्रचण्ड केहीबेर ओली निवासमा बसे, अनि बिर्तामोड आए । बी एन्ड सी हस्पिटलको ‘गेस्ट हाउस’मा रात बिताए ।
आइतबार बिहानै प्रचण्डको कानमा दुःखद् खबर ठोक्कियो, त्यतिवेला उनी ‘मर्निङ वाक’मा निस्किँदै थिए । श्रीमती सीताले बिहान ५ः४५ बजे टेलिफोन गरेर घटनाबारे जानकारी गराउँदा उनी गेस्ट हाउसबाट ओर्लिंदै थिए । तर, छोराको निधनको खबर सुनेलगत्तै प्रचण्ड थुचुक्कै बसे ।, यो खबर आजको नयाँ पत्रिकामा छ । प्रचण्डसँगै रहेका बी एन्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, ‘फोन राख्नेबित्तिकै मलाई ‘दुर्गाजी’ भन्नुभयो, त्यहाँभन्दा अरू केही बोल्न सक्नुभएन, मेरो हात समातेर थचक्कै भुइँमा बस्नुभयो ।’
आइतबार बिहानै प्रचण्डको कानमा दुःखद् खबर ठोक्कियो, त्यतिवेला उनी ‘मर्निङ वाक’मा निस्किँदै थिए । श्रीमती सीताले बिहान ५ः४५ बजे टेलिफोन गरेर घटनाबारे जानकारी गराउँदा उनी गेस्ट हाउसबाट ओर्लिंदै थिए । तर, छोराको निधनको खबर सुनेलगत्तै प्रचण्ड थुचुक्कै बसे ।
घटनाबारे जानकारी पाएपछि भावविह्वल बनेका प्रचण्डलाई तत्काल बी एन्ड सी हस्पिटल पुर्याइयो । उनी हस्पिटल पुगेको डेढ घण्टापछि काठमाडौंबाट उनलाई लिन हेलिकोप्टर पुग्यो । हस्पिटलको छतमा ‘ल्यान्ड’ गरिएको हेलिकोप्टर चढेर प्रचण्ड बिहान ८ः४० बजे राजधानी फर्किए । घटनाबारे जानकारी पाउनासाथ बिहान ओली पनि प्रचण्डलाई काठमाडौं बिदा गर्न बिर्तामोड पुगे । ओलीसँग हात मिलाएर प्रचण्ड काठमाडौंका लागि उँडे ।
नर्भिक अस्पतालमा छोराको शव थियो । प्रचण्ड सीधै लाजिम्पाटस्थित निवास पुगे । पत्नी सीता दाहाललाई केहीबेर सम्झाए । घटनाको वस्तुस्थिति बुझे । त्यसपछि अस्पताल पुगेका उनी पीडा पोख्दै र सम्हालिँदै छोराको अन्तिम संस्कारसम्म सहभागी रहे । मनभरी पीडा बोकेर प्रचण्ड परिवार लाजिम्पाट निवास पुग्यो । प्रचण्ड र दाहाल परिवारको वियोगमा सान्त्वना दिन सोमबार बिहानै लाजिम्पाट निवासमा शुभचिन्तकको भिड लाग्यो । पीडाबाट सम्हालिँदै शुभचिन्तकहरूलाई प्रचण्डले सम्बोधन गरे ।

शुभचिन्तकलाई प्रचण्डको सम्बोधन
स्तब्ध हुने घटना भयो, हाम्रो परिवारलाई । दुर्घटना भनेर जे हुन्छ, त्यस्तै भयो । यस्तो हस्पिटल, सारा विज्ञानको विकास भएको छ, तर हस्पिटल नलगिकन ऊ (प्रकाश) गयो । यसलाई हामीले दुर्घटनाजस्तो मानेका छौँ ।
तपाईंहरूले हामीलाई जुन समवेदना प्रकट गर्नुभएको छ, त्यसले हामीलाई ठूलो शक्ति प्रदान गरेको छ । म्याडम पनि बिस्तारै सम्हालिन थाल्नुभएको छ । ‘सबै त छोराछोरी हुन्, देशैभरिका जनताले हामीबाट अविभावकको जस्तो भूमिका खोजेका छन्, त्यसैले हामीले धैर्य गर्नुपर्छ’ भनेपछि बिस्तारै नर्मल हुनेतिर गएको छ । पूरै नर्मल भइसकेको त छैन, तर बिस्तारै नर्मल हुनेतिर गएको छ ।
हिजो समाचार सुन्नेबित्तिकै श्रद्धाञ्जलीमा, दाहसंस्कारमा जस्तो सहभागिता देखियो, त्यसका लागि हाम्रो परिवारको तर्फबाट, पार्टीको तर्फबाट यहाँहरू सबैप्रति आभार प्रकट गर्न चाहन्छु । धन्यवाद पनि भन्न चाहन्छु ।
पीडा त ठूलै छ । मैले त पार्टीको ‘लिडर’को हैसियतले सबै घटना, हिजोका युद्ध, शान्तिका घटना आदिले गर्दा एक ढंगले ‘रियलाइज’ गर्न सक्ने नै छु । तर, परिवारलाई सम्हाल्न गाह्रो छ । किनभने, पहिले छोरीको दुर्घटना, तीन वर्ष नहुँदै छोराको घटना, यो घटनाले जुन विक्षिप्तता ल्याएको छ, त्यसलाई तपाईंहरूजस्ता साथीहरूको समवेदना, सहयोगले शक्ति प्राप्त भएको छ । धन्यवाद, तपाईंहरू सबैलाई धन्यवाद ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











