जब प्रचण्डले झापामा छोरा प्रकाशको मृत्युको खबर सुने…
काठमाडौं, ५ मंसिर । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै झापा पुगेका थिए । पूर्वका चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँगै झापा गएका थिए । शनिबारका लागि तय भएको कार्यक्रम सकेपछि प्रचण्ड केहीबेर ओली निवासमा बसे, अनि बिर्तामोड आए । बी एन्ड सी हस्पिटलको ‘गेस्ट हाउस’मा रात बिताए ।
आइतबार बिहानै प्रचण्डको कानमा दुःखद् खबर ठोक्कियो, त्यतिवेला उनी ‘मर्निङ वाक’मा निस्किँदै थिए । श्रीमती सीताले बिहान ५ः४५ बजे टेलिफोन गरेर घटनाबारे जानकारी गराउँदा उनी गेस्ट हाउसबाट ओर्लिंदै थिए । तर, छोराको निधनको खबर सुनेलगत्तै प्रचण्ड थुचुक्कै बसे ।, यो खबर आजको नयाँ पत्रिकामा छ । प्रचण्डसँगै रहेका बी एन्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, ‘फोन राख्नेबित्तिकै मलाई ‘दुर्गाजी’ भन्नुभयो, त्यहाँभन्दा अरू केही बोल्न सक्नुभएन, मेरो हात समातेर थचक्कै भुइँमा बस्नुभयो ।’
आइतबार बिहानै प्रचण्डको कानमा दुःखद् खबर ठोक्कियो, त्यतिवेला उनी ‘मर्निङ वाक’मा निस्किँदै थिए । श्रीमती सीताले बिहान ५ः४५ बजे टेलिफोन गरेर घटनाबारे जानकारी गराउँदा उनी गेस्ट हाउसबाट ओर्लिंदै थिए । तर, छोराको निधनको खबर सुनेलगत्तै प्रचण्ड थुचुक्कै बसे ।
घटनाबारे जानकारी पाएपछि भावविह्वल बनेका प्रचण्डलाई तत्काल बी एन्ड सी हस्पिटल पुर्याइयो । उनी हस्पिटल पुगेको डेढ घण्टापछि काठमाडौंबाट उनलाई लिन हेलिकोप्टर पुग्यो । हस्पिटलको छतमा ‘ल्यान्ड’ गरिएको हेलिकोप्टर चढेर प्रचण्ड बिहान ८ः४० बजे राजधानी फर्किए । घटनाबारे जानकारी पाउनासाथ बिहान ओली पनि प्रचण्डलाई काठमाडौं बिदा गर्न बिर्तामोड पुगे । ओलीसँग हात मिलाएर प्रचण्ड काठमाडौंका लागि उँडे ।
नर्भिक अस्पतालमा छोराको शव थियो । प्रचण्ड सीधै लाजिम्पाटस्थित निवास पुगे । पत्नी सीता दाहाललाई केहीबेर सम्झाए । घटनाको वस्तुस्थिति बुझे । त्यसपछि अस्पताल पुगेका उनी पीडा पोख्दै र सम्हालिँदै छोराको अन्तिम संस्कारसम्म सहभागी रहे । मनभरी पीडा बोकेर प्रचण्ड परिवार लाजिम्पाट निवास पुग्यो । प्रचण्ड र दाहाल परिवारको वियोगमा सान्त्वना दिन सोमबार बिहानै लाजिम्पाट निवासमा शुभचिन्तकको भिड लाग्यो । पीडाबाट सम्हालिँदै शुभचिन्तकहरूलाई प्रचण्डले सम्बोधन गरे ।

शुभचिन्तकलाई प्रचण्डको सम्बोधन
स्तब्ध हुने घटना भयो, हाम्रो परिवारलाई । दुर्घटना भनेर जे हुन्छ, त्यस्तै भयो । यस्तो हस्पिटल, सारा विज्ञानको विकास भएको छ, तर हस्पिटल नलगिकन ऊ (प्रकाश) गयो । यसलाई हामीले दुर्घटनाजस्तो मानेका छौँ ।
तपाईंहरूले हामीलाई जुन समवेदना प्रकट गर्नुभएको छ, त्यसले हामीलाई ठूलो शक्ति प्रदान गरेको छ । म्याडम पनि बिस्तारै सम्हालिन थाल्नुभएको छ । ‘सबै त छोराछोरी हुन्, देशैभरिका जनताले हामीबाट अविभावकको जस्तो भूमिका खोजेका छन्, त्यसैले हामीले धैर्य गर्नुपर्छ’ भनेपछि बिस्तारै नर्मल हुनेतिर गएको छ । पूरै नर्मल भइसकेको त छैन, तर बिस्तारै नर्मल हुनेतिर गएको छ ।
हिजो समाचार सुन्नेबित्तिकै श्रद्धाञ्जलीमा, दाहसंस्कारमा जस्तो सहभागिता देखियो, त्यसका लागि हाम्रो परिवारको तर्फबाट, पार्टीको तर्फबाट यहाँहरू सबैप्रति आभार प्रकट गर्न चाहन्छु । धन्यवाद पनि भन्न चाहन्छु ।
पीडा त ठूलै छ । मैले त पार्टीको ‘लिडर’को हैसियतले सबै घटना, हिजोका युद्ध, शान्तिका घटना आदिले गर्दा एक ढंगले ‘रियलाइज’ गर्न सक्ने नै छु । तर, परिवारलाई सम्हाल्न गाह्रो छ । किनभने, पहिले छोरीको दुर्घटना, तीन वर्ष नहुँदै छोराको घटना, यो घटनाले जुन विक्षिप्तता ल्याएको छ, त्यसलाई तपाईंहरूजस्ता साथीहरूको समवेदना, सहयोगले शक्ति प्राप्त भएको छ । धन्यवाद, तपाईंहरू सबैलाई धन्यवाद ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आज बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...












