‘माथिको आदेश’ भन्दै बुवाको किरिया बसिरहेका विप्लव पार्टीका जिल्ला इन्चार्ज जोशी गिरफ्तार
बैतडी, ५ मंसिर । प्रहरीले बुवाको किरियामा बसेका नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका बैतडी जिल्ला इन्चार्ज बासुदेव जोशीलाई पक्राउ गरेको छ । बुवाको निधन भएको ११ दिनको काममा बसेका जोशीलाई सिमार प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएको हो ।
कुनै नराम्रो गतिबिधिमा संलग्न नरहेका जोशीलाई किरिया बसिरहेका बेला घरबाटै पक्राउ गरेको उनका भाइ अनिरुद्र जोशीले जानकारी दिए । तर प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद ब्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ ।
विभिन्न जिल्लाहरुमा विप्लव कार्यकर्ताले चुनाव विरोधी गतिविधि गरेर नागरिकमा त्रास फैलाएकाले बैतडीमा पनि यस्तो हुनसक्ने भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । उनले भने ‘चुनाव विरोधी गतिविधिमा संलग्न रहेको पाइयो । ११ दिनको किरियापछि हामीले नियन्त्रणमा लिन बाध्य भयौं । चुनावको नसकिएसम्म जोशीलाई प्रहरी नियन्त्रणमै राखिनेछ ।’ किरियामा बसेका जोशीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएकोमा परिवारजनले आपत्ति जनाएका छन् ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












