विकास र रोजगारी पहिलो प्राथमिकता अर्थ राज्यमन्त्री राणा
ललितपुर, ५ मंसिर । अर्थ राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट ललितपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशम्शेर राणाले विकास र रोगजारी आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रचारप्रसारको क्रममा आज गोदावरीको घरदैलो कार्यक्रममा बोल्दै उहाँले चुनावपछि देश आर्थिक समृद्धितर्फ अग्रसर हुने बताउनुभयो ।
जनताले चाहेका विकास र रोजगारी प्राथमिकतामा राखिने उहाँको प्रतिबद्धता थियोे । दोस्रो संविधानसभामा यस क्षेत्रबाट निर्वाचित भएर विकासका धेरै काम गरिसकेको स्मरण गर्दै उहाँले त्यसलाई निरन्तरता दिने बताउनुभयो ।
कृषि उत्पादनतिर पहिलो कदम चालेर घर–घरमै रोजगारीको सिर्जना गरिनुपर्नेमा उहाँको जोड थियो । लोकतान्त्रिक गठबन्धनको विजयीले मात्र संविधानको पूर्ण कार्यान्वयन र देशले आर्थिक विकासमा फड्को मार्नसक्ने उहाँको दाबी थियो । “जनताको सेवा नै मेरो मूल मर्म हो”–उहाँले भन्नुभयो ।
गठबन्धनका तर्फबाट क्षेत्र नं १ ख का प्रदेशसभा सदस्यका उम्मेदवार मीनकृष्ण महर्जनले खेलकुदको माध्यमबाट देशको आर्थिक उन्नती हुनसक्ने बताउनुभयो । “खेल क्षेत्र त्यस्तो माध्यम हो जसले राष्ट्रलाई विश्व सामु चिनाउन सक्छ”–उहाँले भन्नुभयो ।
पानी, बाटो, सिँचाइ, कृषिलगायतका क्षेत्रमा विकास गर्नुपर्ने यस क्षेत्रका मतदाताको भनाई छ ।रासस
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












