माओवादीलाई फेरि अर्को शोक, चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन
चितवन, ५ मंसिर । चुनावी सभामै गीत गाउँदा गाउँदै जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । चितवनको भरतपुरमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा गीत गाएका गायक पाख्रिनको निधन भएको हो । मञ्चमै उनलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए ।
पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए । २००९ सालमा गोरखाको खरिवोटमा जन्मिएका पाख्रिन नेकपा माओवादीका पूर्व सभासदसमेत हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा उनी माओवादीबाट समानुपातिक सभासद बनेका थिए । पछिल्लो समय पाख्रिन माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए ।
नेकपा (चौम) बाट राजनीतिक यात्रा सुरू गरेका पाख्रिनले माओवादी जनयुद्द सुरू भएयता सांस्कृतिक समूहमा रहेर काम गरेका थिए । उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष पनि हुन् । उनका श्रीमति, २ छोरा र २ छोरी छन् । पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए । माअोवादीको बहुचर्चित चुनवाङ बैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गीत उनी पाख्रिनले लेखेका थिए । उनी भरतपुर महानगरपालिका १९ का निवासी हुन् ।
एक सयभन्दा बढी गीतमा आफैले स्वर दिएका पाख्रिनले ५ सय बढि गीत लेखेका छन । माया प्रितिभन्दा जनबादी गीतमा जीवन्तता हुने भएकोले आफूले जनताको पक्षमा गीत गाउदै हिडेको उनी बताउँछन् । ‘सगरमाथाको काखमा नेपाल देश छ’ भन्ने बोलको गीतवाट जनवादी गीत लेख्न सुरु गरेका पाख्रिनले माओवादी जनयुद्धको क्रममा कयौँ गीत लेखेका थिए । त्यसैको सम्मान स्वरुप माओवादीले उनलाइ सभासद बनाएको थियो । ‘डाडाँ काडाँ फूटालेर बाटो बनायो, के पायो नि कुल्ली दार्इले ड्राइभरले ट्रयाक्सी गुडायो ’ भन्ने गीत ०३८ सालमा लेखिएको उनको चर्चित मध्येको एक हो ।
‘कालो बनको बीचैमा खेतालाको गाउँ, हाम्रो देशको व्यबस्था हेर्न त्यहाँ जाउँ ।’ भन्ने गीतपनि चलेको गीत हो । त्यसैगरी ‘लाल झुपडिका मान्छेहरु..’ ‘न्यायपूर्ण युद्धको लहरले..’ ‘रक्त क्रान्तिको बेला हो यो…’ र ‘लडदै छौ मुक्ति युद्ध..’ नामका गीतहरु उनका चर्चित छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












