हृदयघातबाट जोगिन प्रकाशले किनेको औषधी बीनाको झोलामा रहेछ
काठमाडौं, ६ मंसिर । प्रकाश दाहलको निधनपछि विभिन्न टिकाटिप्पणीहरु भईरहेका छन् । कोहीले यस्तो गरेको भए हुन्थ्यो भनिरहेका छन्, कतिपयले उस्तो गरेको हुन्थ्यो भनिरहेका छन् । जसले जे जस्तो कुरा गरेपनि आखिर नेपाली न प¥यौं । घटना घटेपछि सुझाव सल्लाह दिनमा माहिर । तर यस घटनामा एउटा रहस्यमय कुरा बाहिर आएको छ ।
अकस्मात हृदयघातको औषधी निधन हुनुभन्दा पहिल्यै नै प्रकाशसँग रहेको थियो । अकस्मात हृदयघात भएको समयमा ३ घण्टासम्म जोगिनसक्ने औषधी प्रकाशसँग रहेको तथ्य बाहिर आएको हो । तर त्यो औषधी श्रीमती बीना मगरको झोलामा थियो ।
एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग सूचना शेयर गर्दै भनेका रहेछन्, ‘दौडधुपको बेला छ, यस्तो बेला अत्यन्तै तनाब हुन्छ । अकस्मात हार्ट अट्याक वा ब्रेन ह्यामरेज पनि हुन सक्छ । यदि त्यस्तो भइहाल्यो भनेपनि तीन घण्टासम्म जोगिनसक्ने औषधि हुँदोरहेछ । मैले त किनेर राखेको छु । ३ घण्टामा त अस्पताल पुग्न सकिइहालिन्छ नि ।’
उनले बज्राचार्यलाई पनि अत्यन्तै सर्वसुलभ र सस्तो औषधिको नाम बताउँदै सल्लाह दिएका रहेछन्, ‘तपाईं पनि एस्प्रिन (रगत पातलो बनाउने) किनेर साथमै राख्नुस् है । तर, दुर्भाग्य प्रकाशले किनेको सो औषधि पत्नी बिना मगरको झोलामा परेछ । त्यो बोकेर बिना कञ्चनपुर पुगेका बेला यता प्रकाश हृयदघातको शिकार बनेका छन् ।
संयोगबश ओलीका पीए पनि मोटरसाइकल दुर्घटनामा परी अहिले घरमै आराम गरेर बसेका छन् । आइतबार दिउँसो यसबारे उनलाई केपी ओलीले सुनाउँदा प्रचण्डले पत्नी सीतालाई सोधे, ‘के त्यस्तो तयारी र पुर्वाभाष थियो त प्रकाशलाई ? सीताले जवाफ दिइन्, ‘मलाई त त्यो औषधि उ स्वयंमलाई भन्दा पनि तपाईंका लागि पो हो कि भन्ने लागेको थियो। बुवालाई प्रेसर र सुगर छ भनेर सधै पीर गरिरहन्थ्यो । आफैलाई होकि भन्ने त मलाई थाहै थिएन ।’
त्यसो त शनिबार राति छोरो बिरामी छ भनेर जाउलो खुवाएपछि सीताले ढोका नलगाई सुत है बाबु पनि भनेकी रहिछन् । प्रकाशले आमाले भने बमोजिम ढोका त लगाएनन् तर, बिहान भने उठ्न सकेनन् । सीताले बिहान उठेर छोराको कोठा चियाइन् पनि । गलेर सुतेको होला भन्ने ठानेर पछि उठाउन खोज्दा शरीर चिसो र अररो भइसककेको थियो । तत्काल सन्तु दराईलाई बोलाएर अस्पताल पठाइन् । यो कुरा कांग्रेस नेता विमलेन्द्र निधि, संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ भेट्न गएका बेला प्रचण्डले सुनाएका हुन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












