जाजरकोटमा हिँडेरै कर्मचारी मतदान केन्द्रमा
जाजरकोट, ७ मंसिर । सडक सञ्जालले नछोएका यहाँका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई समस्या भएको छ । आवश्यक बन्दोबस्तीका सामग्रीसहित कर्मचारीलाई निश्चित समयभित्र तोकिएको ठाउँमा पुग्न हम्मेहम्मे भएको छ । बढ्दै गरेको चिसोका कारण कर्मचारीलाई समस्या भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारीलाई मतदान केन्द्रतर्फ खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका दुर्गम जुनीचाँदे गाउँपलिका र वारेकाट गाउँपालिकामा पुग्न तीन दिन लाग्छ । कार्यालयले दुर्गम क्षेत्रका मतदान केन्द्रका लागि गत सोमबारदेखि कर्मचारी पठाउन शुरु गरेको हो । निर्वाचनका लागि एक हजार कर्मचारी खटिने छन् ।
बुधबारसम्म १०० भन्दाबढी मतदान केन्द्रका लागि कर्मचारी खटिसकेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताउनुभयो । निर्वाचन कार्ययोजनाअनुसार बिहीबारसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने उहाँले बताउनुभयो । जिल्लामा ८५ मतदानस्थल र ११६ मतदान केन्द्र निर्धारण गरिएको छ ।
जाजरकोटमा ७२ मतदानस्थल अतिसंवेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताउनुभयो । सुरक्षा चुनौतीको हिसाबले संवेदनशील जिल्ला मानिए पनि सुरक्षाको उचित व्यवस्थापन मिलाइएको उहाँले बताउनुभयो ।
सञ्चार सुविधा नहुँदा समस्या
यहाँका ४० भन्दा बढी मतदान केन्द्र तथा स्थलमा टेलिफोनको सहज पहुँच नहुँदा समस्या भएको छ । टेलफोनको टावरले काम नगर्दा सूचना दिन र लिन समस्या भएको वारेकोट गाउँपालिकाको मुलसाम केन्द्रमा खटिएका कर्मचारीले बताएका छन् ।
जुनीचाँदे गाउँपालिकाको जुनीमा खटिने कर्मचारीलाई पनि सञ्चारको असुविधा छ । नलगाड नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा टेलिफोनको पहुँच छैन । भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका मतदाता भोट हाल्न घर फर्कदै छन् । विभिन्न दलले नेपालगञ्ज, सुर्खेत र काठमाडौँबाट जाजरकोट आउने मतदातालाई यातायातको व्यवस्था गरेका छन् । रासस
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












