एनडिआरसी नेपाललाई जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कार
जर्मनी, ७ मंसिर । दिगो कृषि प्रणाली, जैविक विविधता संरक्षण, विपद् जोखिम व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन र सिमसार संरक्षणमा महत्वपूर्ण योगदान गरेवापत राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र एनडिआरसी नेपाल लाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्वन्धि महासन्धि युएनएफसिसिसी को २३ औं सम्मेलन कोप–२३० का अवसरमा यहाँ आयोजना गरिएको विशेष कार्यक्रममा विश्व वातावरण कोषका प्रमुख कार्यकारी अधिकृत डा. नाओका इसिले एनडिआरसीलाई सो पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा एनडिआरसी नेपालका कार्यकारी निर्देशक डा. ध्रुव गौतमले अर्घाखाँची र कपिलवस्तुमा पर्ने बाँणगंगा नदीतटीय क्षेत्रको तल्लो भागमा रहेका कृषि भू–भाग र सिमसार क्षेत्रको दिगो विकासमा माथिल्लो भागमा गरिने दिगो कृषि प्रणाली, जैविक विविधता संरक्षण र विपद् जोखिम न्यूनीकरणले कसरी महत्वपूर्ण भूमिका खेल्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको थियो । खोरीया फँडानी, फिरन्ते खेती प्रणालीलाई कम गर्नमा पनि संस्थाले पुर्याएको योगदानको सो अवसरमा उच्च प्रशंसा गरिएको थियो ।
विश्वका ७० देशका ३३८ गैरसरकारी संस्थाहरुबीच गरिएको प्रतिस्पर्धाबाट सो संस्था छनौटमा परेको थियो । विभिन्न छ वटा विधामध्ये निर्णायक मण्डलको पहिलो रोजाइको सो पुरस्कारको राशि रु ३१ लाख र सम्मानपत्र रहेको छ । छनौट समितिमा विश्व वातावरण कोष, स्टकहोम पुर्नस्थापन केन्द्र, सेभ द चिल्ड्रेन, विश्व वन्यजन्तु कोष, रेयर, जैविक अन्तर्राष्ट्रियलगायत १९ वटा संस्था संलग्न रहेका छन् ।
‘‘समाधानको खोजी स् दिगो कृषि प्रणाली मार्फत जैविक विविधता संरक्षण’’ पुरस्कारलाई अन्तर्राष्ट्रिय जलवायुका पहलहरु नामक आभियानले आर्थिक सहयोग गरेको छ । यसमा जर्मनीको वातावरण मन्त्रालय, प्रकृति संरक्षण र भवन तथा आणविक सुरक्षाजस्ता निकायहरुको सहयोग रहेको छ । विगत तीन वर्षदेखि रेयर, जैविक अन्तर्राष्ट्रिय र अन्तर्राष्ट्रिय जैविक विविधता सचिवालयले संयुक्तरुपमा विश्वभरबाट ‘विकासका समस्या र दिगो समाधान’ को खोजी गर्ने उत्कृष्ट संघसंस्थाहरुलाई पुरस्कृत गर्ने परिपाटी सुरु गरेका छन् । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












