एनडिआरसी नेपाललाई जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कार
जर्मनी, ७ मंसिर । दिगो कृषि प्रणाली, जैविक विविधता संरक्षण, विपद् जोखिम व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन र सिमसार संरक्षणमा महत्वपूर्ण योगदान गरेवापत राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र एनडिआरसी नेपाल लाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्वन्धि महासन्धि युएनएफसिसिसी को २३ औं सम्मेलन कोप–२३० का अवसरमा यहाँ आयोजना गरिएको विशेष कार्यक्रममा विश्व वातावरण कोषका प्रमुख कार्यकारी अधिकृत डा. नाओका इसिले एनडिआरसीलाई सो पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा एनडिआरसी नेपालका कार्यकारी निर्देशक डा. ध्रुव गौतमले अर्घाखाँची र कपिलवस्तुमा पर्ने बाँणगंगा नदीतटीय क्षेत्रको तल्लो भागमा रहेका कृषि भू–भाग र सिमसार क्षेत्रको दिगो विकासमा माथिल्लो भागमा गरिने दिगो कृषि प्रणाली, जैविक विविधता संरक्षण र विपद् जोखिम न्यूनीकरणले कसरी महत्वपूर्ण भूमिका खेल्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको थियो । खोरीया फँडानी, फिरन्ते खेती प्रणालीलाई कम गर्नमा पनि संस्थाले पुर्याएको योगदानको सो अवसरमा उच्च प्रशंसा गरिएको थियो ।
विश्वका ७० देशका ३३८ गैरसरकारी संस्थाहरुबीच गरिएको प्रतिस्पर्धाबाट सो संस्था छनौटमा परेको थियो । विभिन्न छ वटा विधामध्ये निर्णायक मण्डलको पहिलो रोजाइको सो पुरस्कारको राशि रु ३१ लाख र सम्मानपत्र रहेको छ । छनौट समितिमा विश्व वातावरण कोष, स्टकहोम पुर्नस्थापन केन्द्र, सेभ द चिल्ड्रेन, विश्व वन्यजन्तु कोष, रेयर, जैविक अन्तर्राष्ट्रियलगायत १९ वटा संस्था संलग्न रहेका छन् ।
‘‘समाधानको खोजी स् दिगो कृषि प्रणाली मार्फत जैविक विविधता संरक्षण’’ पुरस्कारलाई अन्तर्राष्ट्रिय जलवायुका पहलहरु नामक आभियानले आर्थिक सहयोग गरेको छ । यसमा जर्मनीको वातावरण मन्त्रालय, प्रकृति संरक्षण र भवन तथा आणविक सुरक्षाजस्ता निकायहरुको सहयोग रहेको छ । विगत तीन वर्षदेखि रेयर, जैविक अन्तर्राष्ट्रिय र अन्तर्राष्ट्रिय जैविक विविधता सचिवालयले संयुक्तरुपमा विश्वभरबाट ‘विकासका समस्या र दिगो समाधान’ को खोजी गर्ने उत्कृष्ट संघसंस्थाहरुलाई पुरस्कृत गर्ने परिपाटी सुरु गरेका छन् । रासस
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












