यस्ता पनि स्वास्थ्य मन्त्री, जसले भने, ‘क्यान्सर पापका कारण हुन्छ’
काठमाडौं, ७ मंसिर । भारतको आसाम राज्यका स्वास्थ्य मन्त्रीले क्यान्सर पापका कारण हुने बताएका छ ।आसामका स्वास्थ्य मन्त्री हिमन्त विश्व शर्माले क्यान्सर हुनु भनेको ‘इश्वरीय न्याय’ र विगतमा मानिसले गरेको पापका कारण हुने बताएका हुन् । उनको उक्त भनाईको व्यापक विरोध भएको छ ।
शर्माले मानिसमा क्यान्सरजस्तो रोग लाग्नुमा बुवाआमाको पाप पनि कारक तत्व भएको बताएका थिए । शर्माको यस्तो अभिव्यक्ति आएपछि क्यान्सरबाट पीडित विरामी र आफन्त दुखी भएका छन् । विपक्षी दलले शर्माको अभिव्यक्ति तल्लो स्तरको भएको भन्दै सार्वजनिक रुपमा माफी माग्न माग गरेका छन् ।
विपक्षी दलले स्वास्थ्य मन्त्री शर्माले राज्यमा फैलँदो क्यान्सरको रोकथाम गर्न नसकेपछि यस्तो अभिव्यक्ति दिएको बताएका छन् । मन्त्री शर्माले बुधबार गुवाहटीमा आयोजित एक सार्वजनिक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएको टाइम्स अफ् इन्डियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आफ्नो अभिव्यक्तिको व्यापक विरोध भएपछि सरकारमा रहेको भारतीय जनता पार्टीमा आवद्ध शर्माले आफ्नो अभिव्यक्तिको गलत व्याख्या भएको प्रतिक्रिया दिएका छन् ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












