राजपाको घोषणापत्रमा सीके राउतको बोली, ‘नेपालभित्र सधैं मधेस रहनुपर्ने बाध्यता छैन’
काठमाडौं, ७ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) विवादास्पद घोषणापत्र सार्वजनिक गरेको छ । राजपाले सार्वजनिक गरेको घोषणापत्रको प्रस्तावनामा नै ‘नेपालभित्र सधै मधेस रहनुपर्ने बाध्यता नहुने’ उल्लेख गरेको छ।
महोत्तरीको जलेश्वरमा आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले नेपाल ‘बहुराष्ट्रिय देश’ भएको समेत उल्लेख गरेको छ। एक राज्य एक राष्ट्र हुनुपर्ने धारणा आदर्शवादी भए पनि सधै व्यावहारिक नहुने राजपाको धारणा छ। राज्यले राजनीतिक संरचनाको संकेत गर्ने र राष्ट्रले भौगोलिक, जातीय, भाषिक एवं अन्य सांस्कृतिक समानता भएका समुदायहरुलाई बुझाउने गरेको घोषणापत्रमा उल्लेख छ।
राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले सार्वजनिक गरेको घोषणापत्रमा भनिएको छ, ‘नेपाल एक बहुभाषिक, बहजातीय, बहुधार्मीक, बहुसांस्कृतिक र बहुराष्ट्रय देश रहेको छ।’ नेपालको दक्षिणतिरको समथर भूमिमा बस्ने मधेसी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाली भए पनि ती सामूहिक रुपमा आफैमा एक राष्ट्र पनि भएको घोषणापत्रमा उल्लेख छ।
सो समुदायको भूगोल, समान जीवनपद्धति, संस्कृति, सभ्यता एवं मनोविज्ञान भारत, मौरिसस र अन्य देशका समुदायसँग मेल खान सक्ने घोषणापत्रमा उल्लेख छ। यसअघि मधेस अभियान्ताका रुपमा सिके राउतले तराई(मधेसको भूभागलाई छुट्टै राष्ट्र घोषणा गर्नुपर्ने बताउँदै आएका थिए। उनको अभिव्यक्तिसँग मिल्ने गरी राजपाले आफ्नो धारणा घोषणापत्रमा समेटेको हो ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












