उत्तर कोरियामा महिला सैनिकमाथि बलात्कार र महिनावारी रोकिनु सामान्य
काठमाडौं, ७ मंसिर । उत्तर कोरियाकी एक पूर्व महिला सैनिकले सनसरी खुलासा गरेकी छन्। विश्वको सबैभन्दा धेरै सेना भएको मुलुकको चौथो नम्बरमा रहेको उत्तर कोरियामा महिला सैनिकको अवस्था निकै जटिल रहेको बताएकी हुन् । अधिकांश महिला सदस्यको महिनावारी समयभन्दा पहिला नै रोकिने गरेको पूर्व महिला सैनिक ली सो येआनले बताईन् ।
उत्तर कोरियामा महिला सैनिकमाथि बलात्कार सामान्य हो। उनी १० वर्षसम्म यस्तो कोठामा बसिन् जहाँ अन्य दर्जनौं महिला पनि बस्थे। प्रत्येक महिलालाई एउटा दराज दिइएको थियो, जसमा तस्वीर टाँस्ने अनुमति थियो। त्यो दराजमा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ र वर्तमान नेता किम जोङ उनको फोटो लगाउनुपथ्र्यो । यद्यपी ली सो येआनले उत्तर कोरिया छोडेको दश वर्ष भइसकेको छ। तर त्यहाँ भोगेको आफ्ना पीडा उनको मानसपटलमा अझै पनि ताजै छ।
‘भुसको ओछ्यानमा हामी सुत्थ्यौं, त्यही भएर पसिनाको गन्ध धेरै आउँथ्यो,’ उनले भनिन्। नुहाउने र धुने व्यवस्था नभएका कारण गन्ध आउनु स्वाभाविक भएको उनको भनाइ छ। उनले एक महिलाका रुपमा राम्रोसँग सुत्न नपाउने सबैभन्दा ठूलो समस्या हुने गरेको बताईन् । तातो पानीको व्यवस्था हुँदैनथ्यो । पहाडको झरनाबाट एउटा पाइप जोडेर ल्याएको चिसो पानीमा नुहाउनु पथ्र्यो। सो पानीबाट कहिले काँही भ्यागुता र सर्प पनि निस्किने गरेको उनको भनाई छ ।
४१ वर्षीया सो येआन, विश्वविद्यालयकी प्रोफेसरकी छोरी हुन्। उनी देशको उत्तरी भागमा जन्मिएर हुर्किएकी हुन्। उनको परिवारका अधिकांश सदस्य सैनिक थिए। १९९० को दशकमा भएको विनाशकारी अनिकालबाट बच्न उनीहरु सेनामा भर्ना भएका थिए। त्यो बेला हजारौं महिला सैनिकमा भर्ना भएका थिए।
‘नर्थ कोरियाज हिडेन रिभोल्युशन’ कितावकी लेखिका जिउन बेक भन्छिन्, ‘अनिकालका कारण उत्तर कोरियाका महिलाका लागि झन ठूलो समस्या उत्पन्न भएको थियो। महिलाले मजदुरी गर्नुपर्ने भयो र उनीहरुले नराम्रो व्यवाहरको पनि सामना गर्नुपर्यो। विशेषगरी उत्पीडन र यौन हिंसाको शिकार हुनुपर्यो।’
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












