रुकुममा कांग्रेस कार्यकर्ताको कुटाईबाट वडाअध्यक्षकी श्रीमती गम्भीर घाईते
रुकुम, ८ मंसिर । नेपाली काँग्रेस रुकुमका कार्यकर्ताको कुटपिटबाट एक महिला गम्भीर घाइते भएकी छन् । कुटपिटबाट रुकुम सानीभेरी गाउँपालिका वडा नम्बर ७ की कल्पना बुढा गम्भीर घाइते भएकी हुन् । उनी सानीभेरी गाँउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कुलवहादुर वुढाकी श्रीमती हुन ।
सदरमुकाम खंगामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागितामा आयोजित चुनावी सभाबाट घर फर्कदै गरेका कांग्रेस भातृ संगठन तरुण दलका कार्यकर्ताहरुले घरमै बसेकी बुढामाथी कुटपिट गरेको सानीभेरी गाँउपालिका अध्यक्ष नरवहादुर पुनले जानकारी दिए । वडाअध्यक्ष कुलवहादुर बुढामाथि कुटपिट गर्ने उद्देश्यले त्यहाँ पुगेका काँग्रेस कार्यकर्ताहरुले उनलाई नभेटेपछि श्रीमती कल्पनामाथि कुटपिट गरेका हुन ।
कुटपिटबाट गम्भीर घाईते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । यसैबिच कुटपिट गर्नेहरुलाई हिजो राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न भएका ४ जनालाई पक्राउ गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक ऋषि ढुंगानाले जानकारी दिए ।
घटना राजनीतिक प्रतिशोध लिएर गरिएको भन्दै कुटपिटको घटनाप्रति नेकपा (माओवादी केन्द्र) ले कडा विरोध जनाएको छ । जिल्ला ईन्चार्ज राजकुमार शर्माले राजनैतिक प्रतिस्पर्धाबाट डराएर काँग्रेसीहरु अपराधिक क्रियाकलापमा उत्रिएको वताए ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












