के निर्वाचन आयोगले कमल थापाको उम्मेद्वारी रद्द गर्ला ? पुत्र वियोगमा रहेका प्रचण्डमाथि यस्तो व्यंग प्रहार
काठमाडौं, ८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचार प्रसार गरेका छन् । बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु भए पनि थापाले उक्त नियमको बेवास्था गर्दै चुनावी प्रचार प्रसार गरेका हुन् । निर्वाचन आयोगले सामाजिक सञ्जालमा समेत चुनाव प्रचार गर्न नपाइने भने पनि थापा भने नियमविरपरित उक्त कदम चालिरहेका छन् ।
थापाले सामाजिक सञ्जाल ट्वीटर, फेसबुकमा बिहानबाट करिब ५ वटा भन्दा बढी ट्वीट र पोष्ट गरिसकेका छन् । सबैभन्दा पहिला राप्रपालाई जिताउन आग्रह गर्दै भोट मागेका छन् । मौन अवधिमा चुनाव प्रचार प्रसार तथा मतदाता प्रभावित गर्ने कुनै पनि कार्य गर्न पाईदैंन् । त्यस्तो गरेमा आचारसंहित उल्लघंन गरेको ठहर गर्दै उम्मेदवारी रद्द गर्ने देखि लिएर १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यो सबै अधिकार निर्वाचन आयोगलाई रहेको छ ।
पुत्रवियोगमा रहेका प्रचण्डमाथी यस्तो प्रहारः
थापाले सामाजिक सञ्जालबाटै पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि झटारो प्रहार गरेका छन् । आइतबार आकस्मिक हृदयघातबाट एक मात्र छोरा गुमाएका प्रचण्डमाथि थापाले व्यंग प्रहार गरेका हुन् । विभिन्न ठाउँबाट प्रचण्ड परिवारप्रति सहानुभूति तथा समवेदना आईरहेका बेला अध्यक्ष थापाले प्रकाश दाहालको निधनलाई १० वर्षे सशस्त्र द्धन्द्धसँग जोडेका छन् ।
सुझावको शैलीमा थापाले भनेका छन्, ‘पुत्रपुत्रीको शोकको पीडा कति असैह्य हुन्छ, शब्दमा बर्णन गर्न सकिन्न । प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्न गएको क्षतिमा सबैको सहानभूति रहेको छ’, थापाले भनेका छन्, ‘विह्वलको घडीमा अन्यथा अर्थ नलाग्ने हो भने जनयुद्धको क्रममा कोख रित्तिएका र सिंदुर पुछिएकाप्रति प्रचण्डको क्षमायाचना सायद सान्दर्भिक हुने थियो ।’
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












