विराटनगरलाई धुलोमुक्त बनाउ’
विराटनगर, ८ मंसिर । मोरङका छवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये तीनवटा निर्वाचन क्षेत्रसँग जोडिएका विराटनगरका मतदाताले सबैभन्दा बढी सडक निर्माणको मागलाई अघि सारेका छन् । ‘सुख्खामा धुलाम्मे र वर्षामा हिलाम्मे’ अवस्थाबाट आजित विराटनगरका मतदाता यस कठिनाइबाट कहिले मुक्त हुन पाइन्छ भन्दै उम्मेदवारसँग प्रश्न गदैैआएका छन् ।
मोरङको छवटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ४, ५ र ६ प्रतिनिधिसभा क्षेत्रमा विराटनगरका मतदाता पर्छन् । क्षेत्र नं ४ मा ९९ हजार १२३ मतदातामध्ये विराटनगरको १, २, ३, ८, १० र १९ वडाका गरी ४१ हजार ४७ मतदाता छन् । त्यसैगरी, क्षेत्र नं ५ मा कूल ८९ हजार २८७ मतदातामध्ये विराटनगरको १३ देखि १८ नं वडासम्मका २९ हजार ४०२ तथा क्षेत्र नं ६ मा कूल एक लाख १० हजार ३२२ मतदातामध्ये विराटनगरको ५२ हजार ८८३ मतदाता रहेका छन् ।
यी तीनवटै संसदीय क्षेत्रका उम्मेदवारको हारजितमा विराटनगरका मतदाता उलटफेर गर्ने क्षमता राख्छन् । त्यस्तो अवस्थामा पनि ऐतिहासिक नगरी विराटनगर यतिखेर धुलोले ढाकिएको अवस्थामा छ । सो कारणले विराटनगरका मतदाताले उम्मेदवारसमक्ष पहिलो प्राथमिकतामा यहाँको धुलो र हिलोबाट मुक्त हुने माग राख्दैआएका छन् । विराटनगरका मतदाता माधव अधिकारी सफा विराटनगर, धुलो र हिलोमुक्त विराटनगर सबैको साझा माग रहेको बताउनुहुन्छ ।
करिब रु तीन अर्बको लगानीमा विराटनगरको ढल, सडक, नाला र प्रशोधन केन्द्र स्थापनाका लागि एशियाली विकास बैंकको ८१ प्रतिशत अनुदान, ११ प्रतिशत नगरविकासको ऋण र आठ प्रतिशत विराटनगर महानगरपालिको लगानीमा ६२ किमी पक्की ढल तथा ६५ किमी सडकलाई कालोपत्र गर्नेलगायतका काम थालिएको हो ।
सन् २०१३ डिसेम्बर २ तारेखमा सम्झौता भई २०१६ मईमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न गर्नका लागि सिटिसिई–कालिका कम्पनीलाई ठेक्का दिइएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि निर्माणका लागि अवधि थप गरिएको छ । तर, सुस्त गतिले काम भइरहेकाले थपिएका समयमा पनि काम सम्पन्न हुने सम्भावना नदेखिएपछि उम्मेदवारसँग मतदाताले प्रतिबद्धता माग गरिरहेका छन् । रासस
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











