सिउँदोमा सिन्दुर पहिरिएको ७२ घण्टामै नबिन संगै प्राण त्यागिन् इन्सपेक्टर अनिताले
काठमाडौं, १० मंसिर । न रहरले जन्मियौ हामी, न रहरले मरेरै हो जानी जिन्दगानीमा, तेरो मेरो भन्नु नै के छ र मरी जानीमा । विमलराज क्षेत्रीले भनेजस्तै न जन्म नै रहरले हुन्छ न मृत्यु नै । यस्तै भएको छ रुकुममा । सिस्ने गाउँपालिका ६ का २९ वर्षीय नवीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका १७ बालग्रामकी अनिता प्रधानको पेसा एउटै, नेपाल प्रहरी ।
दुवैको दर्जा पनि उही प्रहरी निरीक्षक । नवीन ६ नम्बर प्रदेशको सुर्खेतमा कार्यरत थिए भने अनिता प्रदेश २ को रौतहटमा कार्यरत थिइन् । नवीनले सुर्खेतमा ट्राफिक प्रमुखको जिम्मेवारी भर्खरै सम्हालेका थिए भने अनिता जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत थिइन् ।
केही वर्ष अघिदेखि चिनजानमा रहेका उनीहरुको मंसिर ६ गतेयता पेशामात्रै एउटै भएन घर, परिवार र मन मुटुसमेत एउटै भयो । बालग्राममै मंसिर ६ गते बुधबारका दिन बिहे गरेका दम्पती रुकुम पूर्वस्थित सिस्ने गाउँपालिका–६, रुकुमकोटमा रहेको घर भित्रिन र खुसी साट्न पुगेका थिए ।
उनीहरुले वैवाहिक जीवन सुरुआत भएको ३ दिन र घरमा हाँसीखुसी साथ टिकाटाला गरेर फर्केको ३ घन्टा नपुग्दै सँगै संसार त्यागे । एउटै पेशा, एउटै घर बनाएका प्रहरी निरीक्षक दम्पतीको चिता पनि एउटै बन्न पुगेको छ ।
शुक्रबार रुकुम पूर्वका सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गर्दा भएको जिप दुर्घटनामा प्रहरी नवविवाहित दम्पतीसहित अन्य ५ जनाको मृत्यु भएको कान्तिपुरले खबर छापेको छ । ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ को कालिमाटीमा दुर्घटना हुँदा नवीनको घटनास्थलमा र अनिताको उपचारको लागि जिल्ला अस्पताल सल्ले लिँदै गर्दा बाटोमा मृत्यु भएको हो । विहेपछि माइतीघरबाट बिदा गरी घरतर्फबाट पनि बिदा भएर कार्यक्षेत्र फर्कन भनेर उनीहरु बेलुकी रुकुमकोटबाट गाडी चढेका थिए ।
माइतीघरबाट ७ गते बेलुका मात्रै घर पुगेका उनीहरु ८ गते दिउँसो घरपरिवार र आफन्तसँग टिकाटालो गरेर गाडीमा रुकुम पश्चिमको सदरमुकाम खलंगा फर्केका हुन् । उनीहरु विहेको टिका खस्न नपाउँदै दुर्घटनामा परेका हुन् ।
एकै परिवारका ३ जना
दुर्घटनामा प्रहरी निरीक्षक श्रेष्ठका अन्य आफन्तको पनि मृत्यु भएको छ । मुसीकोट नगरपालिका–१, मठका शेरबहादुर श्रेष्ठ, उनकी छोरी सुरेखा शाह र छोरा सुधन श्रेष्ठको पनि घटनास्थलमै मृत्यु भएको छ । शेरबहादुरका माइती पक्षका जनक शाहको पनि मृत्यु भयो भने त्रिवेणी गाउँपालिका–१, की यमुना मल्लको पनि घटनास्थलमै मृत्यु भएको छ ।
जनक भलिबलका पूर्वराष्ट्रिय खेलाडी तला हालका राष्ट्रिय रेफ्री हुन् । सुरेखा र यमुना आजको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको निम्ति मुसीकोट नगरपालिका–७, को जनजागृति माविको क मतदान केन्द्रमा खटिएका थिए । दिनभर मतदान केन्द्र निर्माणमा जुटेका उनीहरु बेलुका घर फर्कनलाई सोही गाडीमा चढेका थिए । उनीहरु चढेको केही मिनेटमै गाडी दुर्घटना भएको हो ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











