खुलामञ्चको बसपार्क व्यवस्थित नहुँदा दुर्घटना हुनसक्ने त्रास
काठमाडौँ, १० मंसिर । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको बसपार्क व्यवस्थित गर्न नसक्दा यात्रुमा दिनहुँ दुर्घटना हुनसक्ने त्रास बढेको छ । बागबजारको पुरानो बसपार्कमा महानगरले नै काठमाडौँ भ्यू टावर बनाउन दिएपछि बस राख्ने स्थल खुलामञ्चमा सारिएको थियो । एक वर्षअघि बनाइएको बसपार्क गुणस्तरीय नभएका कारण कालोपत्रे उक्किएर खाल्डाखुल्डीमा परिणत भएको छ । बसपार्कभित्र यात्रुका लागि सवारी साधान कुरेर बस्ने सिँढी नहुँदा यत्रतत्र उभिन बाध्य हुनुपर्छ ।
हिउँदमा बेलुकी ५ः०० बजे नै अँध्यारो हुन्छ तर बसपार्कमा बत्तीको व्यवस्था नहुँदा बेलुकी मोटरसाइकल, कार, जिपलगायतका सवारी साधन बसपार्कबाट निस्कँदा र पस्दा सधैँ यात्रुलाई ठक्कर दिनसक्ने त्रास बढेको यात्रु केशवप्रसाद भण्डारी गुनासो गर्नुहुन्छ । “बसपार्क निर्माण भई एक वर्षदेखि यहाँबाट यातायात सञ्चालन भए पनि अहिलेसम्म बत्तीको व्यवस्था छैन, बेलुकी सवारी साधन पर्खने क्रममा सवारीको एकोहोरो बत्तीले केही देख्न सकिन्न, सवारी साधनले हानेर दुर्घटनामा परिने डर छ, महानगरका जनप्रतिनिधिले जनताको करबाट मोवाइललगायतका सुविधानको उपभोग गर्दा पनि यो समस्याबारे जानकारी लिएका छैनन्”– उहाँ भन्नुहुन्छ ।
बसपार्कमा वीर अस्पताल अगाडिबाट सवारी साधन निरन्तर गुडिरहँदा सवारी साधन कुर्ने यात्रु दुर्घटनामा पर्नसक्ने अवस्था छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दरबारमार्ग वृत्तका ट्राफिक प्रहरी यहाँ खटाए पनि मोटरसाइकल, कार, जिपलगायत सवारी साधनलाई बसपार्क भित्र प्रवेशमा रोक नलगाइएको सम्बद्ध यात्रुको भनाइ छ ।
महाशाखाका प्रवक्ता उमेश रञ्जीतकार मोटरसाइकल, कार र जिपलगायत निजी सवारी साधनमा आफ्ना मानिस पु¥याउन र लिन जाने निहुँमा बसपार्क छिर्ने गरेको स्वीकार्नु हुन्छ । सार्वजनिकबाहेकका खाली सवारी साधान पनि रत्नपार्क घुमेर जानुभन्दा छिटो हुने भएकाले बसपार्कबाटै छिरेर निस्कने गरेका छन् ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की खुलामञ्चको बसपार्क अस्थायी प्रकृतिको भएकाले व्यवस्थित हुन नसकेको बताउनुहुन्छ । “पहिले बसपार्क रहेको स्थानमा काठमाडौँ भ्यू टावर निर्माण भइसकेपछि त्यसको तल्लो तलामा बसपार्क सर्छ तर यो अस्थायी भएकाले पनि बत्तीलगायत मर्मत सम्भारमा ध्यान नगएको हो”– उहाँ भन्नुहुन्छ ।
भ्यू टावर निर्माणमा वर्षौं लाग्ने भएकाले यहाँबाट उपत्यकाका सबै स्थानमा जाने र आउने सवारी साधनका लागि बसपार्क व्यवस्थित बनाइनुपर्ने यात्रुको माग छ तर तीन महिनादेखि वीरअस्पताल अगाडिको फुटेको ढल मर्मत नभएको प्रवक्ता कार्की बताउनुहुन्छ । अस्पतालले ढल नबनाउँदा बसपार्क क्षेत्र ढलमय बनेको उहाँको गुनासो छ । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











