सर्लाही ४ का माओवादी उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज, अब को-को भिड्ने ?
काठमाडौं, ११ मंसिर । सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा यादवको उम्मेदवारी खारेज गरेको हो । उनीविरुद्ध स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले निर्वाचन आयोगमा कात्तिक १९ गते उजुरी दिएका थिए । आयोगले आफ्नो उजुरी सुनुवाइ नगरेको भन्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले यो मुद्दामा कारण देखाउ आदेश जारी गर्दै आयोगसँग लिखित जवाफ मागेको थियो ।
सर्वोच्चलाई जवाफ पठाउनुअघि नै आयोगले शनिबार शिवपुजनको उम्मेदवारी खारेज गरेको हो । यादवको उम्मेदवारी खारेज भएको सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिए । उनले भने, उहाँको उम्मेदवारी खारेज भएको छ । अब यो क्षेत्रमा वाम गठबन्धनको उम्मेदवार नै नहुने भयो ।’
पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासद रहेका रायलाई कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । त्यसविरुद्ध परेको पुनरावेदन सर्वोच्चमा अझै विचाराधीन छ ।
निर्वाचन आयोगले सर्वोच्चमा मुद्दा विचाराधीन रहँदा नै तनहुँ १ मा गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको थियो । जोशीलाई विशेष अदालतले भ्रष्टाचारको मुद्दा दोषी ठहर गरेको थियो । तर, सर्वोच्चमा मुद्दा विचाराधीन छ । यादवको उम्मेदवारी खारेज भएसँगै अब सर्लाही-४ मा कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र उम्मेदवार छन् ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











