पुत्रवियोगमा रहेका प्रचण्डलाई चुनावी अभियानमा प्रकाशपुत्र प्रसिद्धको साथ
चितवन, ११ मंसिर । यतिबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी अभियानमा छन् । पुत्रवियोगमा रहेका प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । हृदयघातका कारण मंसिर ३ गते एकमात्र छोरा प्रकाशलाई गुमाएका प्रचण्डलाई यतिबेला प्रकाशका छोरा प्रसिद्धले साथ दिईरहेका छन् । उमेरले करिब ७ वर्ष लागेका प्रसिद्ध प्रकाशकी जेठी श्रीमती सिर्जनाका छोरा हुन् ।
सिर्जना पनि चुनावी प्रचार प्रसारकै लागि कास्कीतिर छिन् । छोरा प्रसिद्धलाई भने सासु सिता र ससुरा प्रचण्डसँगै छोडेकी छन् । सिर्जना पनि राजनीतिमा सक्रिया कार्यकर्ता हुन्। ससुरा प्रचण्डकै निर्देशनमा उनी अहिले पोखरामा चुनावी अभियानमा खटिएकी छन्।
केही दिन पछि सिर्जना पनि चितवनको चुनावी प्रचारमा आउने छिन् । चितवनको क्षेत्र नम्बर तीनको चुनावी अभियानमा रहेका प्रचण्डले बुहारी सिर्जना त्रिपाठीका छोरा प्रसिद्धलाई साथमा लिएर हिंडिरहेका छन् ।
प्रचण्डको अघिपछि देखिने प्रकाशको ठाउँमा छोरा प्रसिद्ध देखिंँदा प्रचण्डको मुहारमा समेत केही प्रफुल्ल र हसिलो देखिएको छ। प्रकाशकी कान्छी श्रीमती बीना मगर छोरा प्रलवलाई साथमै लगेर चुनावी प्रचार प्रसारमा छिन् । कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी बीनालाई पनि छोरा प्रलवले साथ दिईरहेका छन् । आफ्नो पति प्रकाशको यादलाई बिर्साउने माध्यम बनेका छन्, छोरा प्रलव ।
प्रचण्डको नजरमा प्रसिद्धभित्र प्रकाशको झझल्कोः

प्रचण्डलाई यतिबेला पीडा बिसाउने माध्यम बनेका छन्, प्रकाश पुत्र प्रसिद्ध । छोराको याद बिसाउने साधन बनेका छन्, नाति प्रसिद्ध । उनी एकदमै चकचके तथा चन्चले पनि छन् । प्रचण्डको चुनावी अभियानका क्रममा प्रसिद्धले निकै साथ दिईरहेका छन् । हुनत उनले के नै ठूलो काम गर्न सक्छन् र तरपनि छोराको निधनबाट विक्षिप्त बनेका प्रचण्डलाई प्रसिद्ध मन वहलाउने माध्यम बनेका छन् ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












