क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा
काठमाडौँ, ११ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रतिनिधिसभा र प्रदेशसभाका चुनावमा लोकतान्त्रिक गठबन्धन र वामगठबन्धनको कडा प्रतिस्प्रर्धा देखिएको छ । उक्त क्षेत्रको अधिकांश स्थानमा दुबै गठबन्धनबाट दिनहुँहुने राजनीतिक गतिविधि तथा त्यहाँ सहभागी हुने स्थानीयवासीको संख्यालाई आधार बनाउने हो भने कुन दलले चुनावी बाजी मार्ने भन्नेमा अहिले नै यकिन गर्न कठिन छ ।
राजधानीको यस निर्वाचन क्षेत्रमा दुई नेवार समुदायका उम्मेदवारबीचको प्रतिस्पर्धालाई उपत्यकाका अन्य निर्वाचन क्षेत्रमा समेत निकै चासोपूर्वक हेरिएको छ । नेवार समुदायको बढी घनत्व रहेको यस क्षेत्रमा दुबै नेवार उम्मेदवारमा कसले बढी मत लिनसक्छ, उसले नै विजय हासिल गर्नसक्ने भएकाले जातीय मत तान्न उहाँहरुबीच प्रतिस्पर्धा चलेको छ ।
काठमाडौँ महानगरपालिका केही भाग तथा चन्द्रगिरी र नागार्जुन नगरपालिका पनि केही वडा समेत जोडिएको यस क्षेत्रमा प्रतिनिधिसभामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँगे्रसका ध्यानगोविन्द रञ्जित र वामगठबन्धनबाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ मुख्य प्रतिस्पर्धी देखिनुभएको छ । उक्त चुनाव क्षेत्रमा महानगरपालिकाका वडा क्रमशः १२, १४, २१ र २२, चन्द्रगिरी नगरपालिकाका क्रमशः १, १२, १३, १४ र १५ वडा र नागार्जुन नगरपालिका ६, ७, ८, ९ र १० वडा परेको छ । त्यसमा एकजना प्रतिनिधिसभा सदस्य तथा दुई प्रदेशबाट दुई सदस्य निर्वाचित हुनेछन् ।
स्थानीय तहमा नेपाली काँग्रेसले सात वडा र एमालेले सात वडामा अध्यक्ष पद जितेका छन् । त्यस आधारमा प्रतिस्पर्धा कडा देखिएको छ । जनसंख्याका आधारमा काँग्रेस भन्दा एमाले केही मतले अगाडि देखिएको र माओवादी केन्द्रको सहयोगमा निर्माण भएको वामगठबन्धन अझै बलियो देखिएका छन् । स्थानीय तहमा बामपन्थीले लिएको अग्रताका आधारमा उनीहरु उत्साहित देखिएका हुन् ।
इतिहासका विभिन्न कालखण्डमा नेताद्धय रञ्जित र श्रेष्ठले जनतालाई विश्वासमा लिएर एक अर्कालाई चुनावमा पराजित गरेको अनुभव छ । विसं २०४८ मा सो क्षेत्र तत्कालीन क्षेत्र न ५ मा परेका बेला जनताको बहुदलीय जनवादका प्रणेता नेता मदन भण्डारीले चुनाव जितेको उक्त स्थानमा उपनिर्वाचन हुँदा एमाले नेता श्रेष्ठले जित्नुभएको थियो ।
विसं २०५१ मा भएको आम चुनावमा श्रेष्ठले काँग्रेसका रञ्जितलाई र २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा रञ्जितले श्रेष्ठलाई पराजित गर्नुभएको थियो । प्रतिनिधिसभाका उम्मेदवारद्वय रञ्जित र श्रेष्ठ दुबैले जनताको दुःख सुखलाई नजिकबाट अनुभव गरी सद्भाव साटन पाएकाले सेवाको अवसर आफूलाई दिने जिकिर गर्नुभएको छ ।
यही मंसिर २१ गते हुने प्रदेशसभाका उम्मेदवारमा वाम गठबन्धनबाट प्रदेश १० मा नेकपा एमालेका डा अजयक्रान्ति शाक्य र प्रदेश २० मा नेकपा माओवादी केन्द्रका केशवप्रसाद पोखरेल हुनुहुन्छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट दुबै प्रदेशमा नेपाली काँग्रेसका १० का उम्मेदवार इन्द्रमान तुलाधर र २० का धर्मराज गौतम हुनुहुन्छ । स्थानीय तहमा महानगरका चारै वडामा एमालेले ठूलो मतअन्तरले काँग्रेसलाई जितेका कारण वाम गठबन्धनले सजिलै जित्नसक्ने प्रदेश १० मा नेकपा एमालेका डा शाक्यले बताउनुभयो ।
प्रदेश २० मा नेकपा माओवादी केन्द्रका पोखरेलले स्थानीय विकास तथा पूर्वाधार निर्माणका साथै सीतापाइला रामकोट भीमढुंगा हुँदै धार्के सडक खण्ड पूरा गर्न वामगठबन्धनले प्राथमिकतामा राखेकाले पनि जित निश्चित रहेको बताउनुभयो । त्यस क्षेत्रको स्थानीय विकास कार्यमा स्थानीय सहभागिता बढाउने योजना र दृष्टिकोण काँग्रेससँग रहेकाले जित्ने आधार रहेको प्रदेश १० का उम्मेदवार तुलाधरले बताउनुभयो ।
प्रदेश २० का उम्मेदवार गौतमले मुलुकमा लोकतन्त्रको रक्षाका लागि काँग्रेसले गरेको त्याग र नेतृत्वका कारण निर्वाचनमा आफूलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश १ बाट ३५ हजार २४५ र प्रदेश २ बाट ३२ हजार ३४८ गरी ६७ हजार ५९३ मतदाता छन् । विवेकशील पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि मिलन पाण्डे, प्रदेशसभा १ मा चक्र न्यौपाने र २ मा सुरेन्द्रबहादुर रानाभाट उम्मेदवार हुनुहुन्छ । उहाँहरुले प्राप्त गर्ने केही मतले दुबै गठबन्धनलाई सामान्य प्रभाव पारेपनि खासै ठूलो अर्थ राख्ने देखिदैन । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











