स्वदेशी पूँजी लगानी गर्नुपर्छ : नेता कृष्णगोपाल श्रेष्ठ
काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले देशमा सञ्चालन गरिने ठूला परियोजनामा स्वदेशी पूँजी परिचालन गरी लगानी गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ स्यूचाटार स्थित दुर्गानगर कोलनीमा संयुक्त वाम गठबन्धनले आज आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले चन्द्रागिरिको ऐतिहासिक महत्व रहेको र त्यहाँका भालेश्वर महादेवस्थल, इन्द्रदहलगायत सम्पदास्थलका रुपमा विकास गरी पर्यटकलाई आकर्षित गरेर स्थानीय क्षेत्रमा रोजगार सिर्जना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले थानकोटदेखि कलंकी र कलंकीदेखि बल्खुको सडक विस्तारलाई समयमै सम्पन्न गर्न आफूले भूूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही क्षेत्र प्र्रदेश २० का उम्मेदवार केशवप्रसाद पोखरेलले शिक्षा, स्वास्थ्य, रोजगारलगायत उत्पादनशील क्षेत्रमा गरिने लगानीले त्यहाँको पूर्वाधार विकास निर्माणमा सहयोग पुग्ने बताउँदै स्थानीयवासीलाई लाभान्वित हुने गरी लगानी वृद्धि गर्ने आर्थिक गतिविधि सञ्चालन गरी नागरिकलाई समृद्ध बनाउन आफू सधैव क्रियाशील रहने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












