स्वदेशी पूँजी लगानी गर्नुपर्छ : नेता कृष्णगोपाल श्रेष्ठ
काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले देशमा सञ्चालन गरिने ठूला परियोजनामा स्वदेशी पूँजी परिचालन गरी लगानी गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ स्यूचाटार स्थित दुर्गानगर कोलनीमा संयुक्त वाम गठबन्धनले आज आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले चन्द्रागिरिको ऐतिहासिक महत्व रहेको र त्यहाँका भालेश्वर महादेवस्थल, इन्द्रदहलगायत सम्पदास्थलका रुपमा विकास गरी पर्यटकलाई आकर्षित गरेर स्थानीय क्षेत्रमा रोजगार सिर्जना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले थानकोटदेखि कलंकी र कलंकीदेखि बल्खुको सडक विस्तारलाई समयमै सम्पन्न गर्न आफूले भूूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही क्षेत्र प्र्रदेश २० का उम्मेदवार केशवप्रसाद पोखरेलले शिक्षा, स्वास्थ्य, रोजगारलगायत उत्पादनशील क्षेत्रमा गरिने लगानीले त्यहाँको पूर्वाधार विकास निर्माणमा सहयोग पुग्ने बताउँदै स्थानीयवासीलाई लाभान्वित हुने गरी लगानी वृद्धि गर्ने आर्थिक गतिविधि सञ्चालन गरी नागरिकलाई समृद्ध बनाउन आफू सधैव क्रियाशील रहने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











