रेसुङ्गा विमानस्थल र कालीगण्डकी करिडोर मुख्य चुनावी मुद्दा

गुल्मी, १२ मंसिर । सर्वेक्षण भएको डेढ दशकसम्म उडान शुरु नभएकोे रेसुङ्गा विमानस्थल र जिल्लाको लाइफलाइनसँग जोडिएको कालीगण्डकी करिडोर निर्माण गुल्मीका मुख्य चुनावी मुद्दा बनेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य दलले विमानस्थल र करिडोरका साथै तानसेन–रिडी–तम्घास सडक तथा रिडी–रुद्रवेणी– वामीटक्सार सडक कालोपत्र, शिक्षा, स्वास्थ्य र खानेपानी योजना तथा जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारेका छन् । पूर्वाधार, पर्यटन, कृषि, मानव संशाधन र सामाजिक विकासलाई सबै उम्मेदवारले उठाएका छन् ।
वाम गठबन्धनले एक वर्षभित्र प्रत्येक जिल्लाका सबै वडा तहमा सडक बाटो लाने, बिजुली, खानेपानी सेवा उपलब्ध गराउने, खरका छानोबाट जनतालाई मुक्त बनाउने, वृद्धभत्तालाई मासिक रु पाँच हजार पु¥याउने घोषणा गरेका छन् । प्रतिनिधिसभाको क्षेत्र नं १ मा एमालेका सचिव प्रदीप ज्ञवालीले रेसुङ्गा विमानस्थलको निर्माण कार्य आफूले शुरु गरे पनि पछिल्लो समयमा बजेट कटौतीमा परेर ओझेल परेको जनाउँदै आउँदो वैशाखभित्र परीक्षण उडान शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले विमानस्थलका लागि बजेट निरन्तर राखिएको दाबी गर्नुभएको छ ।
यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन र काँग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा छ तर स्थानीय तहको निर्वाचनको मत परिणामले वाम गठबन्धन उत्साहित देखिन्छन् । प्रतिनिधिसभाको क्षेत्र नं २ मा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री गोकर्णराज विष्ट र काँग्रेसका पूर्व जिविस सभापति चन्द्रबहादुर केसीबीच मुख्य प्रतिस्पर्धा छ । सचिव विष्ट आफूसँग कसैको प्रतिस्पर्धा नभए पनि जनतासँग प्रत्यक्ष भेट्न र उनीहरुका कुरा सुन्नका लागि घरदैलोमा रहेको बताउनुहुन्छ भने काँग्रेसका उम्मेदवार केसी लोकतन्त्र र समृद्धिका लागि आफू विजयी हुनुपर्ने जिकिर गर्नुहुन्छ ।
जिल्लामा क्षेत्र नं १ को प्रदेशसभामा वाम गठबन्धनबाट सुदर्शन बराल र कमलराज श्रेष्ठ तथा काँग्रेसबाट पृथ्वी फौजदार र धनेन्द्र कार्की प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नं २ को प्रदेशसभामा गठबन्धनबाट खड्गबहादुर खत्री र दिनेश पन्थी तथा काँग्रेसबाट शालिक पन्थी र छन्द पहराई उम्मेदवार हुनुहुन्छ । जिल्लामा स्वतन्त्रसहित नौ दलले गरी ५२ उम्मेदवारी दिएका छन् । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












