सप्तरीमा शक्तिशाली टाइम बम सेनाद्धारा निस्कृय, दुई व्यक्ति रिमोटसहित पक्राउ
सप्तरी, १२ मंसिर । सप्तरीमा शक्तिशाली बम नेपाली सेनाले निस्कृय पारेको छ । नेपाली सेनाको टोलीले आज बिहान प्रेसर कुकरमा निर्माण गरिएको रिमोट बम निस्कृय गरेको हो ।
भीम दल गणको टोलीले सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रञ्जितपुर नजिक बम निस्कृय गरेको हो। सोमबार मध्यरात बम फेला पारी मंगलबार बिहान सप्तरीको राजविराज–कुनौली सडकखण्डस्थित सीमा सुरक्षा कार्यालय सप्तरी नजिक बम निस्कृय गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।
सप्तरी प्रहरीले पाएको गोप्य सूचनाको अधारमा नहर चोक नजिक शंकास्पद दुई जनालाई चेकजाँच गर्दा अत्याधुनिक रिमोट फेला परेपछि ती दुवैलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान शुरु गरेको थियो।
रिमोट फेला परेको केही घण्टामा नहर चोक नजिकबाटै शक्तिशाली बम बरामद गरिएको थियो। पक्राउ परेका दुई जनाको विवरण भने गोप्य राखिएको छ। बमसँगै दुई किलो आरडिएक्स (विष्फोटक पदार्थ) समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











