प्रधानमन्त्री छाड्नुअघि देउवाले एआइजी चन्दलाई आइजीपी नियुक्ति गर्ने
काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पद छाड्नु अघि एआइजी जयबहादुर चन्दलाई आइजी बनाउने तयारी थालेका छन् । बारम्बार पदबाट राजीनामाका लागि दबाब दिएपनि प्रहरी महानिरिक्षक (आइजी) प्रकाश अर्यालले अटेर गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सुरक्षा परिषद्मा तान्ने अन्तिम तयारी गरेका हुन् ।
चुनाव सकिनासाथ मन्त्रीपरिषद्को बैठक राखी अर्याललाई सुरक्षा परिषद्मा तानेर एआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरिक्षक (आइजी) मा नियुक्त गर्ने तयारी देउवाले थालेका हुन् । अदालतको मानाहानी गरेको अभियोगमा बर्खास्त गरी चन्दलाई आइजी नियुक्तिको बाटो माओवादी नेता बालकृष्ण ढुङ्गेल पक्राउ गरेर बन्द गरेपछि देउवाले अर्को स्टेप चाल्न लागेका हुन् । आफू प्रधानमन्त्रीबाट हट्नुअघि चन्दको भाग्य खुलाएर विदा लिने तयारी देउवाले गरेका हुन् ।
चुनावलगत्तै राजीनामा दिएर सुरक्षित बाटो अपनाउनका लागि प्रधानमन्त्रीले आइजी अर्याललाई सुझाव दिएका छन् । चन्दलाई आइजी नियुक्ति गरेपछि अदालतमा परेको रिटका आधारमा नियुक्ति बद्दर भएको थियो । नियुक्ति विवादकाबीच नवराज सिलवालको दाबीलाई दबाउँदै अर्यालले आइजी पद पाएका थिए । सोही निर्णय गराउनका लागि देउवाले गृहमन्त्रालयको जिम्मेबारी पनि आफैंले लिएका छन् । चुनावी सुरक्षालाई मध्यनजर गरी अहिले नै उनले आइजी नहटाएका हुन् ।
राजनीतिक दबाबमा पर्दै आएका आईजी अर्याल र एआईजी चन्दको हाल बोलचालीनै बन्द भएको छ । एक महिना अगाडी सचिवालयमा भएको एक बैठकमा आईजी अर्यालले एआईजीहरूको सात्तो खाँदै आफ्नो मोबाईल नै फुटाएका थिए । ‘प्रहरीको इन्स्पेक्टर पनि आइजी परिवर्तन गर्छु भन्दै हिँडेका छन् रे त्यस्तालाई कारबाही गर्छु’ भन्दै एआइजीको बैठकमा चन्दप्रति लक्षित गरेका अर्यालले सोही झोंकमा मोबाइल फुटाएका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












