म्यानमारकी नेतृ आङ सान सुकीलाई दिइएको अन्तर्राष्ट्रिय सम्मान फिर्ता
एजेन्सी, १२ मंसिर । म्यानमारकी नेतृ आङ सान सुकीलाई दिइएको अन्तर्राष्ट्रिय सम्मान ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफोर्ड’ फिर्ता लिइएको छ । अक्सफोर्डको स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्यामाथिको दमनबारे सुकीले कुनै कदम नचालेको आरोप लगाउँदै ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड’ सम्मान फिर्ता लिएको हो ।
उनले अक्सफोर्ड विश्वबिद्यालयमा सन् १९६० को दशकमा विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन् । उनले उक्त सम्मान सन् १९९७ मा पाएकी थिइन् । स्थानीय काउन्सिलरहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन् । यसअघि विश्वविद्यालयको प्रसिद्ध ‘सेन्ट ह्युज कलेज’बाट नेतृ सू चीको तस्वीर हटाइएको थियो ।
संयुक्त राष्ट्रसंघले म्यान्मारको सेनाले मुस्लिम रोहिंग्यामाथि गरेको व्यवहारलाई ‘पाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहार’ भनेको थियो । तर, सुकीले यस आरोप अस्वीकार गर्दै आएकी छन् । गत अगष्ट महिनायता म्यान्मारमा हिंशा भड्किएपछि करिव ६ लाखभन्दा बढी रोहिंग्या मुस्लिमहरु म्यानमारबाट भागेर बंगलाादेशमा शरण लिइरहेका छन् ।
पछिल्लो समय अन्तर्राष्ट्रिय समुदायले सू चीलाई दिइएकोे नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन् । तर, नोबेल शान्ति पुरस्कार प्रतिष्ठानले उक्त पुरस्कार फिर्ता लिने कुनै प्रावधान नरहेको बताएको थियो ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












