पर्यटक आकर्षण बढाउँदै कुश्माका अग्ला पुल
पर्वत, १२ मंसिर । मुलुककै आकर्षक गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासे ताल, मल्लाज दरबार, डहरेको लेक, हम्पालको लेक, महाशिला, पैञ्युकोट, केबलकार मोडेलको यान्त्रिक पुललगायतका आकर्षकस्थल रहे पनि पर्वतमा पर्यटक तान्ने गतिलो साधन नेपालकै अग्ला झोलुङ्गे पुल बन्न थालेका छन् ।
विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर मात्रै त्यो सम्भव भयो । नेपालकै अग्लो उक्त पुलका कारण पर्यटकको आकर्षण बढ्दै जाँदा अहिले त्योभन्दा अग्ला र लामा पुलसमेत थपिएका छन् । पर्वतमा कुश्मा–ज्ञादी झोलुङ्गे पुलसँगै थप अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा जोड्ने पुल बनेपछि अहिले यहाँ आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । त्यति मात्रै होइन पर्वत आसपासका जिल्लाका बासिन्दाले त बिदा मनाउने स्थलका रुपमा नै झोलुङ्गे पुललाई लिन थालेका छन् ।
अग्ला पुलमा दैनिक अवलोकन र घुम्न आउनेको संख्या बढ्दो छ । बिदाको दिन ती स्थान भरिभराउ रहन्छन् । कुश्मा–ज्ञादी पुल आठ वर्षअघि, कुश्मा–कैया पुल चार वर्ष अघि थतथा कुश्मा–मुडिकुवा पुल गत मंसिरदेखि मात्रै सञ्चालनमा आएको हो । अहिले यी तीनवटै अग्ला पुलको दैनिक पाँच हजारभन्दा बढीले अवलोकन गर्ने गरेका छन् । बिदाको दिनमा सात हजारभन्दा बढीले आवतजावत र अवलोकन गर्ने गरेका छन् ।
यहाँ पुलको अवलोकनसँगै कालीगण्डकी र मोदीखोला, माछापुच्छरे सहितका आकर्षक हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटक पुल अवलोकन गर्न आउने क्रम बढ्दै गएको स्थानीयवासी बताउँछन् । पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेका पर्यटन व्यवसायी विषमकुमार श्रेष्ठले बताउनुभयो ।
पुल सर्वसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण भए पनि अवलोकन गर्नका लागि पर्यटक आउँदा सो वरपरको व्यापार व्यवसायसमेत फस्टाएको छ । अहिले तीनवटै पुल वरपर दुई दर्जन बढी होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । पुल निर्माणपछि त्यस क्षेत्रको जग्गा जमिनको मूल्य समेत बढेको श्रेष्ठले बताउनुभयो ।
कुश्मा–ज्ञादी पुल मुलुककै सबैभन्दा अग्लो र लामो झोलुङ्गे पुलका रुपमा चर्चित छ । सो पुल २०६७ सालदेखि सञ्चालनमा आएको हो । कुश्मा–कैयाँ पुल २०७० फागुनदेखि सञ्चालनमा आएको हो । सो झोलुङ्गे पुलका कारण बागलुङ नगरपालिका र कुश्मीशेरा नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन् । कालीगण्डकी नदीमाथि बनेको ३४७ मिटर लामो र १५६ मिटर उचाइमा रहेको सो पुल रु एक करोड ५६ लाखको लागतमा निर्माण गरिएको हो । कुश्मा–मुडिकुवा पुलले कुश्मालाई फलेवास नगरपालिका, पैञ्यूँ, बिहादी र महाशिला गाउँपालिकासँग जोडेको छ । मोदीखोला माथिव बनेको सो पुलको लम्बाइ ३५९ मिटर र उचाइ १५५।७० मिटर रहेको छ । सो पुल रु एक करोड ७६ लाख ९९ हजारमा निर्माण भएको हो ।
यस्तै केबुलकार मोडेलको कुश्मा–बलेवा यान्त्रिक पुल २०६९ सालदेखि सञ्चालनमा आएको हो । पर्वत उद्योग वाणिज्य संघको पहलमा निजी क्षेत्रको लगानीमा निर्माण भएको सो पुलमा शुल्क तिरेर मात्रै आवतजावत गर्न सकिन्छ । झण्डै रु पाँच करोडको लगानीमा निर्माण भएको सो पुलमा दैनिक ५०० भन्दा बढीले आवतजावत तथा अवलोकन गर्ने गरेका छन् । कालीगण्डकी नदीमाथि बनेको उक्त पुलले एक घण्टाको दूरीलाई पाँच मिनेटमा झारेको छ । सो पुल २६२ मिटर उचाइमा बनेको छ ।
यी पुलमा नियमितरुपमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि विभिन्न संरचना निर्माण गर्न आवश्यक रहेको पर्यटन व्यवसायी श्रेष्ठको भनाइ छ । मुडिकुवा–कुश्मा पुलका कारण अहिले फलेवास क्षेत्रमा उत्पादन भएको दूध, तरकारी, फलफूललाई बजारसम्म पु¥यउन सहज भएको छ ।
अग्लो बञ्जी जम्प
पर्वतमा अग्ला पुल सञ्चालनमा आउँदा अर्को बञ्जीजम्पको आकर्षणसमेत थपिने भएको छ । कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको सो बञ्जीजम्प विश्वकै दोस्रो अग्लो र एशियाकै पहिलो अग्लो बञ्जीजम्प रहेको बताइको छ । ह्विसिङ सिष्टमबाट निर्माण गरिएको बञ्जीजम्प २२५ मिटर अग्लो हुनेछ । आगामी मंसिरसम्ममा सञ्चालनमा ल्याउने तयारी गरिएको उक्त बञ्जीजम्प भोटेकोशीको भन्दा ६५ मिटर अग्लो हुनेछ ।
बञ्जी र स्वीमिङका लागि बनाइने पुलमा ठूलाठूला प्वालसहितको एडभेञ्चर्स फिल गराइनेछ । उक्त बञ्जीबाट खोलामा झरेपछि हिँड्दै माथि आउनुपर्दैन । यसमा रहेको ह्विङ्स सिष्टमले आफैँ तानेर पुलमा ल्याउनेछ । बञ्जीमा चारदेखि पाँच सेकेण्डको ‘फ्री फल’ हुने व्यवसायी युवराज जोशीले बताउनुभयो । बञ्जीका लागि आउने पर्यटकलाई बस्नका लागि बलेवा क्षेत्रमा आकर्षक रिसोर्टको समेत तयारी भइरहेको जोशीले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











