वाम गठबन्धनले के गरेको ! आचारसंहिताको ध्वज्जी उडाउँदै संसदकै गेटमा चुनावी सभा
काठमाडौं, १२ मंसिर । वाम गठबन्धनले राजधानीमै निर्वाचन आचारसंहिताको ध्वज्जी उडाएका छन् । एमाले माओवादी केन्द्रको वाम गठबन्धनले आज राजधानीको बानेश्वरमा व्यवस्थापिका संसद भवन छिर्ने गेटकै अगाडि चुनावी सभाको आयोजना गरेको छ । जसका कारण सवारी आवागमनमा समस्या भएको छ । जुन कार्य आचारसंहिता विपरित हो । निर्वाचन आचासंहित अनुसार यसरी सार्वजनिक यातायात अवरुद्ध हुने गरी सभा गर्न पाइँदैन ।
निर्वाचन आयोगले जारी गरेको आचार संहिताको दफा ४ (ण) मा सार्वजनिक आवागमनमा अवरोध हुने गरी सभा समारोह गर्न नपाइने स्पष्ट उल्लेख छ । तर, काठमाडौं क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले आफूहरुले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको दाबी गरेका छन् । आफूहरुले प्रशासनको अनुमति लिएरबीच सडकमा मञ्च बनाएको उनले बताए ।
काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार शर्माका कार्यकर्ताहरुले मंगलबार नयाँ बानेश्वरको बीच सडकमै मञ्च बनाएर चुनावी सभा आयोजना गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यक्रमका लागि संसद् भवनको २ नम्बर गेट अगाडि मञ्च बनाइएको छ ।
बाटो छेकिएका कारण नयाँ बानेश्वरबाट पुरानो बानेश्वर र अनामनगर जाने सवारीसाधन चल्न सकेका छैनन् । सवारी नचल्दा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । पुरानो बानेश्वर र अनामनगरतर्फ सवारी जान नसक्दा तीनकुने र माइती घरसम्मै सवारी जाम छ । गठबन्धनको कार्यक्रमका लागि बिहानैदेखि सडक अबरुद्ध गरिएको थियो । तर, कार्यक्रम भने ढीलो सुरु भएको छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












