चिज उद्योग बन्द हुने अवस्थामा
इलाम, १२ मंसिर । चिजको माग बढ्दै गए पनि दूधको अभावमा दुग्द्य विकास संस्थान स्वामित्वको पशुपतिनगर चिज उद्योग बन्द हुने अवस्थामा पुगेको छ । दूधबाट बन्ने परिकारको माग बढे पनि गाईपालक किसान निजी दुग्ध प्रशोधन केन्द्रतर्फ आकर्षित भएपछि सरकारी उद्योगलाई दूधको अभाव हुन थालेको छ ।
लामो समयदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९ डिडिसीमा दूध बिक्री गर्दै आएका किसानले निजी डेरीले बढी मूल्य दिन थालेपछि डिडिसीसँगको सम्बन्ध तोड्न थालेका छन् । मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगर चिज उद्योगलाई दूधको अभाव हुन थालेको हो ।
निजी उद्योगले प्रति लिटर रु ४५ देखि रु ६० सम्म दूध दिने गरेको छ । दुग्ध विकास संस्थानले किसानलाई दूधको गुणस्तर हेरेर प्रति लिटर रु ४० मा दिँदै आएको छ । दूध संकलन गर्ने सहकारीलाई कमिसनबापत अतिरिक्त रु तीन दिने गरेको दुग्ध विकास संस्थान विराटनगर आयोजना प्रमुख सरोज सिंखडाले जानकारी दिनुभयो ।
विसं २०४२ मा स्थापना भएको सो उद्योगको प्रशोधन क्षमता तीन हजार लिटर भए पनि हाल ५०० लिटर मात्र प्रशोधन गर्ने गरेको छ । एक वर्ष अघिसम्म चारवटा सहकारीमार्फत आएको दूध प्रशोधन गर्ने उद्योगमा अहिले एउटामात्र सहकारीले दूध बिक्री गर्दै आएको कर्मचारी देव चौधरीले बताउनुभयो ।
स्थानीयस्तरमा दैनिक १२० लिटर मात्र दूध संकलन भएपछि पशुपतिनगर चिज उद्योगले करिब १० किलोमिटर टाढा फिक्कलमा रहेको चिस्यान केन्द्रबाट ४०० लिटर दूध खरिद गर्ने गरेको छ । इलाममा दैनिक एक लाख २० हजार लिटर दूध उत्पादन हुने गरेको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












