उत्तर कोरियाले अहिलेसम्मकै ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गर्यो
काठमाडौं, १३ मंसिर । उत्तर कोरियाले अहिलेसम्मकै ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रहेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाको पछिल्लो कदमले विश्वव्यापी रुपमा खतरा पैदा गरेको अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले बताए ।
उत्तर कोरियाले बुधरबार परीक्षण गरेको मिसाइल झण्डै एक हजार किलोमिटर दूरी पार गरेर सि अफ जापानमा खसेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । पछिल्लो मिसाइल परीक्षणले अन्तर्राष्ट्रिय स्तरमा चिन्ता थपेको छ ।
यसअघि उत्तर कोरियाले गएको सेप्टेम्बरमा ब्यालेस्टिर मिसाइल परीक्षण गरेको थियो । त्यसको केही दिनअघि उसले आफ्नो छैटौं परमाणु परीक्षण सफल रुपमा गरेको थियो । उत्तर कोरियाले बुधबार साउथ प्योङयाङको प्योङयाङबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ ।
मिसाइल झण्डै ५० मिनेट आकाशमा उडेको तर जापानको भूभागबाट भने नरहेको जापान सरकारले जनाएको छ । यसअघिका परीक्षण भने उत्तर कोरियाले जापानको माथि भएर जाने गरी मिसाइल परीक्षण गर्दै आएको थियो । उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिकासहितका देशमा तनाव बढेको छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












