दाङ क्षेत्र नं १ मा चुनावी सरगर्मी बढयो
दाङ, १३ मंसिर । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मी दाङमा अहिले ह्वातै बढेको छ । विभिन्न राजनीतिक दल र त्यसका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रम, सभा र प्रचारप्रसार अभियानलाई तीव्र पारेर मतदातासामु आ–आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।
यसैबीच दाङ क्षेत्र नं १ मा द्विपक्षीय प्रतिस्पर्धा देखिएको छ । त्यसैले सो क्षेत्रमा चुनावी सरगर्मी पनि निकै बढेको छ । थारू समुदायको बाहुल्यता भएको सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा थारू उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको देखिन्छ । दाङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसले नेत्री सुशिला चौधरीलाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनबाट एमालेका मेटमणि चौधरी चुनावी मैदानमा हुनुहुन्छ ।
त्यसैगरी सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि संघीय समाजवादी फोरमबाट अशोककुमार यादव, नेपाली काँग्रेस बिपीबाट अशोक खड्का, राजमोबाट कपिलदेव खनाल, मालेका रेखा केसी, संघीय खुम्बुवान् लोकतान्त्रिक नेपालका लीलाराम चौधरी, नयाँ शक्तिबाट होमप्रसाद शर्मा र स्वतन्त्रबाट सुरेन्द्र चौधरी, गौर सिं महत र प्रभुनारायण चौधरी चुनावी मैदानमा हुनुहुन्छ ।
त्यस क्षेत्रमा काँगे्रसबाट उम्मेदवार बन्नुभएका चौधरी पूर्वसांसदसमेत हुनुहुन्छ भने वाम गठबन्धनका उम्मेदवार चौधरी एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ । त्यहाँ मुख्य प्रतिस्पर्धा उहाँहरुबीच हुने देखिएको छ । चुनावी अभियान लिएर थारू बस्तीमा पुगेका उम्मेदवारले संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्दै किसानको पक्षमा काम गर्ने बताएका छन् ।
उनीहरुले दाङको देउखुरीलाई कृषि हवका रुपमा विकास गर्दै किसानलाई प्रविधिसँग जोड्ने कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत जनाउँदै आएका छन् । देउखुरी क्षेत्रमा रहेको उर्वर भूमिमा व्यावसायिक खेतीको सम्भावना उच्च रहेकाले त्यसतर्फ कार्यक्रम अगाडि बढाउने र परम्परागत खेतीलाई विस्थापित गरेर वैज्ञानिक रुपमा कृषि क्षेत्रको विकास गर्नेमा उनीहरुले जोड दिदैं आएको छ ।
त्यसैगरी दाङ क्षेत्र नं १ को प्रदेश क बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसबाट प्रदीप थापा र वाम गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रजित थारू, नयाँ शक्तिका एकराज चौधरी, राजमोका जगतप्रसाद पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट रणबहादुर यादव, नेकपा मालेबाट सबिता जिसी पाण्डे, संघीय समाजवादी फोरमबाट सीताराम यादव र स्वतन्त्रबाट चुडामणि चौधरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यहाँ पनि काँग्रेस र वाम गठबन्धका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित छ ।
त्यसैगरी सोहि क्षेत्रको प्रदेशसभा ख बाट काँग्रसका जानकीलाल बस्नेत, वाम गठबन्धनबाट एमालेका रेवतीरमण शर्मा, नेकपा मालेबाट कृष्णबहादुर क्षेत्री, राजमोबाट ठाकुरप्रसाद भण्डारी, नयाँ शक्तिबाट दिलबहादुर महतरा, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट नरेन्द्रबहादुर बंजाडे, संघीय खुम्बुवान् लोकतान्त्रिक पार्टीबाट भक्तबहादुर घर्ती मगर, संघीय समाजवादी फोरम नेपालबाट भरतलाल चौधरी, राप्रपा प्रजातान्त्रिकबाट किरणकुमार बुढाथोकी र स्वतन्त्रबाट दिक्पाल योगी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
चुनावी अभियान लिएर थारू बस्तीमा पुगेका उम्मेदवारले संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्दै किसानको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्ने गरेका छन् । मुख्य प्रतिस्पर्धी दलका नेता र त्यसका उम्मेदवारले यस क्षेत्रका नागरिकको समस्यालाई समाधान गर्न र देउखुरी क्षेत्रलाई डुबानमुक्त गराउनेजस्ता विकासका एजेण्डा बोकेर मतदातलाई आकर्षित पार्न तल्लिन देखिन्छ । यस क्षेत्रमा गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिका–१, २, ३ र ५ वडा पर्दछन् । कुल एक लाख ११ हजार ९६ मतदाता रहेको सो क्षेत्रमा २४ वटा मतदानस्थल र ६८ मतदान केन्द्र रहेका छन् । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












