दाङ क्षेत्र नं १ मा चुनावी सरगर्मी बढयो
दाङ, १३ मंसिर । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मी दाङमा अहिले ह्वातै बढेको छ । विभिन्न राजनीतिक दल र त्यसका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रम, सभा र प्रचारप्रसार अभियानलाई तीव्र पारेर मतदातासामु आ–आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।
यसैबीच दाङ क्षेत्र नं १ मा द्विपक्षीय प्रतिस्पर्धा देखिएको छ । त्यसैले सो क्षेत्रमा चुनावी सरगर्मी पनि निकै बढेको छ । थारू समुदायको बाहुल्यता भएको सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा थारू उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको देखिन्छ । दाङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसले नेत्री सुशिला चौधरीलाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनबाट एमालेका मेटमणि चौधरी चुनावी मैदानमा हुनुहुन्छ ।
त्यसैगरी सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि संघीय समाजवादी फोरमबाट अशोककुमार यादव, नेपाली काँग्रेस बिपीबाट अशोक खड्का, राजमोबाट कपिलदेव खनाल, मालेका रेखा केसी, संघीय खुम्बुवान् लोकतान्त्रिक नेपालका लीलाराम चौधरी, नयाँ शक्तिबाट होमप्रसाद शर्मा र स्वतन्त्रबाट सुरेन्द्र चौधरी, गौर सिं महत र प्रभुनारायण चौधरी चुनावी मैदानमा हुनुहुन्छ ।
त्यस क्षेत्रमा काँगे्रसबाट उम्मेदवार बन्नुभएका चौधरी पूर्वसांसदसमेत हुनुहुन्छ भने वाम गठबन्धनका उम्मेदवार चौधरी एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ । त्यहाँ मुख्य प्रतिस्पर्धा उहाँहरुबीच हुने देखिएको छ । चुनावी अभियान लिएर थारू बस्तीमा पुगेका उम्मेदवारले संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्दै किसानको पक्षमा काम गर्ने बताएका छन् ।
उनीहरुले दाङको देउखुरीलाई कृषि हवका रुपमा विकास गर्दै किसानलाई प्रविधिसँग जोड्ने कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत जनाउँदै आएका छन् । देउखुरी क्षेत्रमा रहेको उर्वर भूमिमा व्यावसायिक खेतीको सम्भावना उच्च रहेकाले त्यसतर्फ कार्यक्रम अगाडि बढाउने र परम्परागत खेतीलाई विस्थापित गरेर वैज्ञानिक रुपमा कृषि क्षेत्रको विकास गर्नेमा उनीहरुले जोड दिदैं आएको छ ।
त्यसैगरी दाङ क्षेत्र नं १ को प्रदेश क बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसबाट प्रदीप थापा र वाम गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रजित थारू, नयाँ शक्तिका एकराज चौधरी, राजमोका जगतप्रसाद पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट रणबहादुर यादव, नेकपा मालेबाट सबिता जिसी पाण्डे, संघीय समाजवादी फोरमबाट सीताराम यादव र स्वतन्त्रबाट चुडामणि चौधरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यहाँ पनि काँग्रेस र वाम गठबन्धका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित छ ।
त्यसैगरी सोहि क्षेत्रको प्रदेशसभा ख बाट काँग्रसका जानकीलाल बस्नेत, वाम गठबन्धनबाट एमालेका रेवतीरमण शर्मा, नेकपा मालेबाट कृष्णबहादुर क्षेत्री, राजमोबाट ठाकुरप्रसाद भण्डारी, नयाँ शक्तिबाट दिलबहादुर महतरा, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट नरेन्द्रबहादुर बंजाडे, संघीय खुम्बुवान् लोकतान्त्रिक पार्टीबाट भक्तबहादुर घर्ती मगर, संघीय समाजवादी फोरम नेपालबाट भरतलाल चौधरी, राप्रपा प्रजातान्त्रिकबाट किरणकुमार बुढाथोकी र स्वतन्त्रबाट दिक्पाल योगी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
चुनावी अभियान लिएर थारू बस्तीमा पुगेका उम्मेदवारले संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्दै किसानको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्ने गरेका छन् । मुख्य प्रतिस्पर्धी दलका नेता र त्यसका उम्मेदवारले यस क्षेत्रका नागरिकको समस्यालाई समाधान गर्न र देउखुरी क्षेत्रलाई डुबानमुक्त गराउनेजस्ता विकासका एजेण्डा बोकेर मतदातलाई आकर्षित पार्न तल्लिन देखिन्छ । यस क्षेत्रमा गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिका–१, २, ३ र ५ वडा पर्दछन् । कुल एक लाख ११ हजार ९६ मतदाता रहेको सो क्षेत्रमा २४ वटा मतदानस्थल र ६८ मतदान केन्द्र रहेका छन् । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











