स्याङजा पुगेर देउवाले भने, जनता मालिक हुने कि कम्युनिष्ट दमनमा अधिकारविहीन हुने ?
स्याङ्जा, १३ मंसिर । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आशन्न निर्वाचनले मुलुकको भविश्य निर्धारण गर्ने बताएका छन् । स्याङ्जाको वालिङ बजारमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र कम्युनिष्ट शासनमध्ये कुनै एक रोज्ने अधिकार जनताको हातमा रहेको बताए ।
‘‘प्रजातन्त्र ल्याएर जनतालाई मालिक बनाउने कांग्रेस रोज्ने कि कम्युनिष्ट दमनको शासनमा अधिकारविहीन हुने ?’’ उनले भने, ‘‘आउन लागेको चुनावबाट निर्णय गर्ने पालो जनताको हातमा छ ।’’ प्रधानमन्त्री देउवाले कम्युनिष्ट लशासन आए बोल्न–लेख्न नपाइने र आफुमाथि अन्याय हुँदा पनि अन्याय भयो भनेर समेत भन्न नपाइने दोहोर्याए ।
कांग्रेसले मुलुकमा बहुदलीय लोकतन्त्र स्थापना गरेको पार्टी जिकिर गर्दै कम्युनिष्ट गठबन्धनले राष्ट्रिपतीय पद्धति स्थापना गरेर जनताका अधिकार खोस्दै एक दलीय कम्युनिष्ट शासन लाद्न चाहेको दावी गरे । डर–त्रास र आतंकमा पिल्सिने शासन नरोज्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन सवै लोकतन्त्र पक्षधर एक हुनु पर्नेमा जोड दिए ।
उनले २००७ सालमा तानाशाही राणा शासन हटाएको, पञ्चायती व्यवस्था फालेर प्रतातन्त्र पुनः फर्काएको स्मरण गर्दै तत्कालिन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि कांग्रेसकै नेतृत्वमा सुरु भएको आन्दोलनले मुलुकमा गणतन्त्र स्थापना भएको बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












