छिन्ताङवासी भन्छन्– ‘बाटो कालोपत्रे गर्नेलाई मत दिन्छौँ’
धनकुटा, १४ मंसिर । खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिका–१ का जनकबहादुुर वालिङले आफ्नो घर हुुँदै सदरमुकाम जाने बाटो पक्की गर्नेलाई मत दिने भएका छन् । “हिलेदेखि त्रिवेणी जोड्ने बाटो कालोपत्रे नहुँदा सदरमुकामसम्म जान साह्रै कठिन भएको छ, बर्खामासमा त झन हिलोले गाडी नै चलाउन मिल्दैन त्यसैले यस पटक जसले बाटो बनाउँछ उसलाई भोट दिने हो”– वालिङले भन्नुभयो ।
बाटो कालोपत्रे हुन नसक्दा गाउँमा उत्पादन भएका सुन्तला र अदुवालगायतका वस्तु सदरमुकामम्म पु¥याउन कठिन भएको छ । सदरमुकाम धनकुटाबाट हिले हुँदै करिब २२ किलोमिटर पश्चिममा पर्ने छिन्ताङवासीले बाटो÷घाटो सँगै खानेपानी, रोजगारी, शिक्षा र स्वास्थ्यको पनि माग गरेका छन् । छिन्ताङका स्थानीय मोतीप्रसाद राईले आफ्नो गाउँमा खाने पानीको अत्यन्त समस्या भएको भन्दै खाने पानीको व्यवस्था गर्न माग गर्नुभयो ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारले १ नम्बर प्रदेशको राजधानी बनाउने विषयलाई पहिलो चुनावी मुद्दा बनाएका छन् । राजनीतिक दलका नेताहरूले पटकपटक निर्वाचनमा त्रिवेणी जोड्ने बाटोलाई कालोपत्रे गर्छुं भन्दै आश्वासन मात्रै दिएको स्थानीयवासीको गुनासो छ । मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा वर्तमान सरकारका उद्योगमन्त्री सुनिलबहादुर थापा र राजेन्द्र राईबीच चुनावी प्रतिस्पर्धाले हुँदैछ ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजेन्द्र राईले जनताले मत दिएर आफूलाई जिताएको खण्डमा धनकुटादेखि त्रिवेणी जोड्ने छिन्ताङको बाटोलाई प्राथमिकताका साथ कालोपत्रे गर्ने संकल्प गर्नुभएको छ । यी उम्मेदवारले आ–आफ्ना चुनावी घोषणापत्रमा प्रदेशको राजधानीलाई मुख्य मुद्दाका रुपमा अघि सारेका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक का महामन्त्री समेत रहनुभएका मन्त्री थापाले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउनुका साथै पर्यटन विकासमा जोड दिनुभएको छ ।
प्रदेशसभाको क निर्वाचन क्षेत्रबाट वाम गठबन्धनबाट एमालेका नीरन राई र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका मनोहरनारायण श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।त्यसैगरी धनकुटाको ख निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट इन्द्रमणि पराजुली र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अर्जुन थापा उम्मेदवार हुनुहुन्छ । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











