श्रीमानले ठट्टामा ‘फोटो शेयर गरिदिन्छु’ भनेपछि श्रीमतीले गरिन् आत्महत्या
एजेन्सी, १४ मंसिर । यतिबेला फोटोहरु सेयर तथा पोष्ट गर्न सामाजिक सञ्जाल गतिलो माध्यम बनिरहेको छ । त्यही सामाजिक सञ्जाल कहिले काही समस्याको जड पनि बनिरहेको छ । यस्तैमा भारतको उज्जैनमा सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ श्रीमतीको मृत्युको कारण बनेको छ । श्रीमानले ‘ह्वाट्सएप’ मा एउटा तस्वीर सार्वजनिक गरिदिन्छु भनेर ठट्टा गरेलगत्तै श्रीमतीले आत्महत्या गरेकी छन् ।
उज्जैनमा चर्म रोग विशेषज्ञ डा. नलिन पाटनीले पत्नीसँग ठट्टा गर्दै तस्वीर सार्वजनिक गर्ने बताएका थिए । भारतीय संचारमाध्यमका अनुसार उनकी पत्नीको अघिल्लो दाँतमा समस्या आएपछि मंगलबार दुवैजना एक दन्त क्लिनकमा पुगेका थिए । चिकित्सकले दाँत नै फुकाल्नुपर्ने सुझाव दिएपछि उनीहरु केही दिनमा दाँत फुकाल्ने निष्कर्षका साथ त्यहाँबाट फर्किएका थिए ।
घरमा पुगेपछि डा. नलिनले आफ्नी पत्नीलाई ठट्टा गर्दै ‘तिम्रो दाँत फुकालेपछि म एउटा तस्वीर लिएर ह्वाट्सएपमा सार्वजनिक गर्छु’ भनेका थिए । लगत्तै पत्नी आफ्नो कोठाभित्र गएको र केहीबेरमा बाहिर आएर आफूले विष सेवन गरेकी थिईन् ।
बुधबार शव परीक्षण गरिएको थियो । सो क्रममा अस्पतालमा डा. नलिन पनि थिए । उनले आफन्तहरुलाई घटनाबारे बताउँदै भने, ‘मैले गरेको ठट्टालाई उनले यति नराम्रो मान्छिन् र आत्महत्या नै गर्छिन् भन्ने थाहा पाएको भए यस्तो ठट्टा गर्ने नै थिइनँ ।’
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











