विकासको अन्तिम धक्का दिने चाहना छ : पुष्पकमल दाहाल
चितवन, १४ मंसिर । नेकपा माओवादीे केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताउनुभएको छ । चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले आज यहाँ संवाददातासँग कुराकानी गर्दै जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने बताउनुभयो । तपाईँलाई जनताले विश्वास गर्ने आधार के छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “मलाई विश्वास गर्नुस्, राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा मेरो पहुँच छ, जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने छु ।”
समाजवादले जनतालाई के दिन्छ भन्ने अर्को प्रश्नमा उहाँको जवाफ थियो, “हामी समाजवादको लक्ष्यमा पुग्न चाहेका छौँ, त्यसका लागि देशमा विकासनिर्माण र आर्थिक वृद्धि हुन जरुरी छ ।” पूर्वप्रधानमन्त्री दाहालले अब बन्ने वाम गठबन्धनको सरकारले विकासनिर्माण र आर्थिक वृद्धि गर्ने जिकिर गर्नुभयो । वाम गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्ने बताउँदै उहाँले भन्नुभयो, “हामीले लोकतन्त्र मास्न लागेका छैनौँ बरु थप सुदृढ गर्न खोजेका छौँ ।” पूर्व राजाका सम्बन्धमा कुनै टिप्पणी गर्न नचाहेको बताउँदै उहाँले निर्वाचनपछि प्रमुख कार्यकारीको विषय उठान हुने जानकारी दिनुभयो ।
घरदैलो अभियानका क्रममा जनताले तपाईँसँग के मागे भन्ने प्रश्नमा दाहालले भन्नुभयो, “जनताले विकास र संमृृद्धि मात्रै चाहेका छन्, त्यसमा पनि सडक, बिजुली र खानेपानी रहेछ ।” क्षेत्र नं ३ का जनताले नदी तटबन्धन र वन्यजन्तुबाट सुरक्षाको माग गरेको पनि उहाँले बताउनुभयो।अर्को एक प्रश्नमा उहाँले बदलिँदो परिवेश र जनताको तीव्र आकांक्षामा आफूहरुले चाहेजस्तो काम गर्न नसकेकाले पनि आफूले जनताको खास अपेक्षा के हो भनेर बुझ्नका लागि घरघरमा पुगेको बताउनुभयो । छोरा प्रकाशको निधनले आफूमा रिक्तता महसुस नबनाउन र पीडालाई भुल्नका लागि बिहानमा पैदलयात्रा गर्दै घरदैलो गरेर जनतासँग भेटघाट गर्दै गर्नुभएका दाहालले भन्नुभयो, “ मलाई पीडा र रिक्तता महसुस भएको छ, आम चितवनवासीको साथबाट यसलाई भुल्नेछु ।” रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












