सरकारलाई सचेत गराउन आयोगसमक्ष एमालेको माग
काठमाडौँ, १४ मंसिर । नेकपा एमाले, केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको बैठकले गृह मन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट आफूखुशी रकम वितरण तथा निजामती कर्मचारी प्रणालीमा भद्रगोल अवस्था सिर्जना गरिएको जनाउँदै सोबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
निर्वाचन आचारसंहिता विपरीत राज्यकोषबाट रु १६ करोडभन्दा बढी रकम दुरुपयोग तथा निजामती तथा प्रहरी प्रशासनको संरचनामा अनावश्यक भद्रगोल सिर्जना गरिएको एमालेको आरोप छ । नेपाल प्रहरीमा चार प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासन संरचनालाई भत्काउन खोजिएको भन्दै त्यस्ता काम रोक्न एमालेले आग्रह गरेको छ ।
कमिटीका प्रवक्ता विष्णु रिमालले जारी विज्ञप्ति जारी गरी चुनावी सरकारको हैसियत र सीमाभित्र रही काम गर्नका लागि सरकारलाई सचेत गराउन आयोगसमक्ष माग गर्नुभएको छ । साथै शृङ्खलाबद्ध रुपमा देशभर भइरहेका हिंसात्मक आक्रमण र विस्फोटको घटना नियन्त्रण गर्न पनि सरकारसँग माग गरिएको छ । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











