भ्रष्टाचारीलाई मृत्युदण्डदेखि भारतसँगको खुल्ला सीमा बन्द गर्ने सम्म नेमकिपाको प्रस्ताव
काठमाडौं, १५ मंसिर । राष्ट्र र राष्ट्रियताको सवालामा दृढ रहँदै आएको नेपाल मजदुर किसान पार्टीले महत्वपूर्ण प्रस्ताव अघि सारेको छ । चुनावी अभियानमा रहेको नेमकिपाले भारतसँगको खुल्ला सीमा बन्द गर्ने देखि भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय गर्ने सम्मको प्रस्ताव अघि सारेको छ ।
नेमकिपाका उम्मेदवारहरुले आफ्ना चुनावी घोषणापत्रमा उल्लेख भएका प्रस्तावहरु घोषणा गर्दै यस्तो बताएका हुन् । नेमकिपा भक्तपुरले आयोजना गरेको चुनावी सभामा प्रभावशाली महिला नेतृ अनुराधा थापामगरले यस्तो प्रस्ताव गरेकी हुन् ।
चुनावी सभामा उनले भ्रष्टाचारी, देशघाति, चेलिबेटी बेचबिखन गर्ने जस्ता मानवीय कुकृत्य गर्नेलाई मृत्युदण्ड हुनुपर्ने बताईन् । उनले भनिन्, ‘जो भ्रष्टाचारी छ, जो देशघाति छ, जो आफ्नै छोरी चेलि बेचबिखन गर्छ, तिनिहरुलाई मृत्युदण्ड सजाय हुनुपर्छ ।’
त्यस्तै चुनावी अभियानमा बेला सार्वजनिक गरिएका घोषणापत्र कार्यान्वयन नगर्ने दल खारेज गर्नुपर्ने प्रस्ताव समेत गरेकी छन् । उनले भनिन्, ‘चुनावको बेला जनतालाई झुठा आश्वासन दिएर जितेपछि केही नगर्नेहरुको दल नै खारेज हुनुपर्छ ।’
नेपाल भारत खुला सीमानाका कारण चेलिबेटि बेचबिखन, हत्या हिंसा जस्ता अपराधहरु बढ्दै गईरहेको भन्दै सीमा नाका नै सील गर्नुपर्ने बताएकी हुन् । यस्ता विषयका लागि आफुहरुले संसदमा आवाज उठाउँने भन्दै त्यसको लागि भोट दिन सबैमा आग्रह गरिन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











