हिंसाका घटना अनलाइनमार्फत दर्ता
काठमाडौँ, १५ मंसिर । आगामी मंसिर २५ गतेदेखि सबै खालका हिंसाका घटना अनलाइनको माध्यमबाट दर्ता गराउन सकिने भएको छ । अस्मिता महिला प्रकाशन गृह, एक्सन एड इन्टरनेशनल नेपाल र राष्ट्रिय महिला अधिकार मञ्चद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित राष्ट्रिय महिला सम्मेलनमा सो जानकारी दिनुभयो ।
सो अवसरमा राष्ट्रिय महिला आयोगका सचिव तुलसीराम सेढाईले देशको कुनै पनि स्थानमा भएको हिंसाका घटनाका छिटो दर्ता र न्याय दिनका लागि आयोगले यस किसिमको अध्यास गर्न लागेको जानकारी दिदैं हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकका दिनसम्म मनाउँदै आएको महिला हिंसाविरुद्धको १६ दिने अभियान पारेर अनलाइनमार्फत हिंसाका घटना दर्ता गर्ने कार्य शुरु गर्न लागिएको हो भन्नुभयो ।
वरिष्ठ अनुसन्धाकर्ता डा मीना आचार्यले महिला सशक्तिकरण गर्नुपर्नेमा जोड दिनुभयो । महिलाको पारिश्रमिक बिनाको सेवामूलक कार्यको पहिचान र आर्थिक सशक्तीकरण सुनिश्चिताका विषयमा शुरु भएको सो दुई दिने सम्मेलनमा ३५ जिल्लाका २५० घरायसी कामकाजी महिलाको सहभागिता रहेको अस्मिता महिला प्रकाशन गृहका कार्यकारी निर्देशक सरिता श्रेष्ठले बताउनुभयो । श्रम विभागका निर्देशक वरुणकुमार झाले सामाजिक र संस्कृतिमा आधारित महिला आन्दोलनले उपलब्धि प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












